नेपालगन्ज । शुक्रबार कालो प्लाष्टिकले बेरिएको शव अटो रिक्सामा राखेर तीन जना गइरहेका थिए । छिनछिनमा रुदै उनीहरु आफ्नो गन्तव्यतिर लम्किरहेका थिए । उनीहरु बोल्नसक्ने अवस्थामा थिएनन् ।
‘पीसीआर परीक्षण गर्न आउदा श’व लानुप¥यो’, एकजनाले आँशु पुछ्दै भने, ‘परिस्थितिले कहाँदेखि कहाँसम्म एकै छिनमा पु¥याउदो रहेछ ।’
यस कारुणिक घटना नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरको प्राङ्गणको हो । कोरोना संक्रमणको आशंकामा पीसीआर परीक्षण गर्न आएका एक ब्यक्तिको लाइनमा आफ्नो पालो कुर्दै गर्दा मृत्यु भएको छ ।
कोहलपुर नगरपालिका–५ का उक्त पुरुष कोरोना परीक्षणका लागि आफ्नो पालो कुरिरहेका थिए । आफन्तसँगै अस्पताल पुगेका उक्त पुरुषले आवश्यक प्राथमिक उपचारकै अभावमा अस्पताल परिसरमै ज्यान गुमाए ।
करिव ३÷४ दिन अगाडिदेखि टाउको दुख्ने, ज्वरो आउनेलगायतका समस्या देखिएका पनि उक्त पुरुषलाई चेकजाचका लागि अस्पताल पु¥याइएको थियो । उनका एक कुरुवाले भने, ‘अस्पतालले पीसीआर परीक्षण गर्न भनेपछि लाइनमा बस्नुभयो । लाइनमा बस्ने क्रममा उहाँको चक्कर आयो र लड्नुभयो । त्यसपछि उहाँ हामीमाझ नै रहनुभएन ।’
अस्पतालको आपतकालीन कक्षमा कार्यरत डा. देबेन्द्र आचार्यले सामाजिक सञ्जाल फेसबुकमा मृतकको तस्वीर शेयर गर्दै दुःख ब्यक्त गरेका छन् । डा.आचार्यका अनुसार अस्पताल परिसरमै ज्यान गुमाएका उक्त पुरुषलाई आफन्तले रिक्सामा राखेर घर फर्काएका छन ।
यद्यपि उनको अझैं पनि कोरोना परीक्षण गरिएको छैन । नेपालमा कोरोना संक्तमणको भयावह स्थिति पैदा भएको छ । छिमेकी मुलुक भारतमा कोरोना संक्रमितले उपचार नपाएर छट्पटिदैं मृत्युवरण गरेको समाचार आइरहँदा नेपालमा समेत उक्त दृष्य देखिन थालेको छ ।
बाँकेकै सन्दर्भमा कुरा गर्ने हो भने कोरोना संक्रमितहरुले समयमै उपचार नपाएर दिनहुँ ज्यान गुमाइरहेका छन् । जिल्लाका ठूला अस्पतालहरुले अक्सिजन र बेड अभावमा संक्रमितलाई भर्ना गर्न नसक्ने बताउँदै आएका छन् ।
डरलाग्दो रुपमा फैलिएको कोरोनाले बाँकेमा अझैं विकराल रुप लिने सम्भावना बढ्दै गएको छ ।(न्युज 24 बाट)