मोडल रश्मी तामाङ्गले आफु भन्दा कान्छो उमेरका केटा संग गरिन अन्तरजातीय बिहे
चर्चित मोडल रश्मि तामाङ्ग बैबाहिक जीवनमा बाधिएकी छिन।लामो समय देखि प्रेममा रहेकी रश्मि केहि समय अगाडी अमेरिकामा बस्दै आएकी थिइन।अहिले उनि नेपाल आए संगै बैबाहिक जीवनमा बाधिएको तस्बिर बाहिर आएको छ
नुवाकोटमा जन्मिएकी रश्मिले गोरखा जिल्लाका अनिल राना मगर संग अन्तरजातीय बिबाह गरेकी हुन्।अनिल सामान्य ब्यबसायी हुन् भने रश्मिले कलाकारितालाई निरन्तरता दिदै आएकी छिन्
कलाकारिताबाट केहि समय उनले बिश्राम लिएर अमेरिका बस्दै आएकी हुन्।उनि अभिनित धेरै दोहोरी गीतहरु चर्चामा छन।एक समय उनि जुन गीतमा अभिनय गर्थिन त्यो गीत सुपरहिट हुने गर्दथ्यो। अनिल र रश्मी केहि दिनमै अमेरिका जाने समेत रश्मीको पारिवारिक श्रोतले जानकारी दिएको छ।
रश्मीले आफु बैबाहिक जीवनमा बाधिएको खबर एक तस्बिर सार्बजनिक गरेपछि भएको थियो।उनि बैबाहिक जीवनमा बाधिए संगै कलाकारहरुले शुभकामना दिने क्रम बढेको छ।रश्मीले खेलेको उही खोलिमा पानी पहिलोपटक दोहोरीमा करोडको क्लबमा प्रबेस गरेको गीत हो
अन्तरजातीय बिबाह गरेकी रश्मिले आफुले परिवार संग सल्लाह गरेरै बिहे गरेको जानकारी दिएकी छिन।मन मिल्ने र निकै राम्रो स्वभाब अनिलमा भेटेपछि आफुले बिहे गरेको उनले हामीलाई जानकारी दिएकी हुन्।अनिलले पनि रश्मिलाई मन पराउथे।रश्मी र अनिललाई बैबाहिक जीवनको धेरै धेरै शुभकामना छ।