News

काठमाडौंमा ४२ हजार संक्रमित , कुन वडामा कति ( हेर्नुहोस )

काठमाडौं, वैशाख २५ गते । देशको संघीय राजधानीको काठमाडौं उपत्यकामा शुक्रबार चार हजार १०६ जना कोरोना सङ्क्रमित थपिएका छन् । केहि सातायता उपत्यकामा औसतमा हजार–दुई हजारभन्दा माथि सङ्क्रमित थपिने क्रम जारी छ ।

काठमाडौं महानगरपालिको वडागत प्रारम्भिक विवरण हेर्ने हो भने वैशाख २४ गतेसम्म काठमाडौं महानगर भित्र मात्रै ४१ हजार ८०६ जना कोरोनाभाइरस (कोभिड–१९)को नयाँ भेरियन्टबाट सङ्क्रमित भएका छन् ।

पछिल्लो केहि सातादेखि देशभरि फेला पर्ने सङ्क्रमितमध्ये आधा काठमाडौं उपत्यकाका तीन जिल्ला काठमाडौं, ललितपुर र भक्तपुरमा हुने गरेका छन् ।

त्यसोत काठमाडौं महानगरपालिकाको शहरी स्वास्थ्य तथा खाद्य पदार्थ नियमन विभागले वैशाख २४ गते अर्थात् शुक्रबार सार्वजनिक गरेको प्रारम्भिक विवरण अनुसार काठमाडौं जिल्लाका ३२ वटा वडामा ४१ हजार ८०६ जना सङ्क्रमित भएका छन् भने २९८ जनाको मृत्यु भइसकेको छ ।

त्यस्तै होम आइसोलेसनमा चार हजार २५३ जना, अस्पतालमा २४७ जना, संस्थागत आइसोलेसनमा ८६ जना र सक्रिय सङ्क्रमित चार हजार ५८६ जना रहेको नियमन विभागद्वारा जारी तथ्याङ्कमा उल्लेख छ । साथै निको हुनेको सङ्ख्या ३६ हजार ९२२ रहेको छ । काठमाडौं महानगरपालिका वडा नम्बर १ मा चार सय ८ जना सङ्क्रमित रहेका छन् । जसमा २३ जना होम आइसोलेसनमा रहेका छन् भने सक्रिय सङ्क्रमित पनि २३ जना नै रहेका छन् । साथै निको हुनेको सङ्ख्या ३८० रहेको छ भने ५ जनाको मृत्यु भएको छ ।

त्यस्तै वडा नम्बर २ मा ७८६ जना सङ्क्रमित भएका छन् । जसमध्ये १०३ जना होम आइसोलेसन छन् भने सक्रिय सङ्क्रमित १११ जना रहेका छन् । साथै ६६७ जना सङ्क्रमण मुक्त भएका छन् भने ८ जनाको मृत्यु भइसकेको तथ्याङ्कमा उल्लेख छ ।

वडा नम्बर ३ मा दुई हजार १८४ जना नयाँ भेरियन्टबाट सङ्क्रमित भएका छन् । उनीहरुमध्ये २६४ जना होम आइसोलेसनमा रहेका छन् भने ६५ जना अस्पतालमा रहेका छन् । साथै १ जना संस्थागत आइसोलेसनमा रहेका छन् । ३३० जना सक्रिय सङ्क्रमित रहेका छन् भने एक हजार ८५० कोरोना मुक्त भएका छन् भन् ४ जनाको मृत्यु भएको छ ।

त्यस्तै वडा नम्बर ४ मा एक हजार ६४४ जना कोरोना सङ्क्रमित भएका छन् । जसमा २१५ जना होम आइसोलेसनमा र ८ जना अस्पतालमा रहेका छन् । साथै २२३ जना सक्रिय सङ्क्रमित छन् । एक हजार ४०२ निको हुँदा १९ जनाको मृत्यु भयो ।

महानगरपालिकाको विवरण अनुसार वडा नम्बर ५ मा ८४९ जना सङ्क्रमित छन् । जसमध्ये ८२ जना होम आइसोलेसनमा, एक जना अस्पतालमा र दुई जना संस्थागत आइसोलेसनमा रहेका छन् । त्यस्तै सङ्क्रमण मुक्त हुनेमा ७५६ जना छन् भने सक्रिय सङ्क्रमित ८५ जना गरेका छन् । साथै ८ जनाको मृत्यु भएको छ ।

यसैगरी वडा नम्बर ६ मा एक हजार ३५० जना सङ्क्रमित भएका छन् । जसमा ८८ जना होम आइसोलेसनमा रहेका छन् भने १६ जनाको मृत्यु भएको छ । साथै एक हजार २४६ संक्रमण मुक्त हुँदा ८८ जना सक्रिय सङ्क्रमित रहेका छन् ।

यसैगरी वडा नम्बर ७ मा एक हजार ५४९ जना सङ्क्रमित हुँदा होम आइसोलेसनमा १०१ जना, पाँच जना अस्पतालमा रहेका छन् । त्यस्तै एक हजार ४३१ जना सङ्क्रमण मुक्त हुँदा १०६ जना सक्रिय सङ्क्रमित थपिएका छन् भने १२ जनाको मृत्यु भएको छ ।

वडा नम्बर ८ मा ७१८ जना सङ्क्रमित रहेका छन् । जसमा १०६ जना होम आइसोलेसनमा, ८ जना अस्पतालमा, एक जना संस्थागत आइसोलेसनमा रहेका छन् । त्यस्तै ५९७ जना सङ्क्रमण मुक्त हुँदा ११५ सक्रिय सङ्क्रमित थपिएका छन् भने ६ जनाको मृत्यु भएको विवरणमा उल्लेख छ ।

वडा नम्बर ९ मा दुई हजार २०७ जना कोरोना सङ्क्रमित रहेका छन् जसमा एक हजार ८२४ जना सङ्क्रमण मुक्त भएका छन् । होम आइसोलेसनमा ३४६ जना, अस्पतालमा ६ जना, संस्थागत होम आइसोलेसनमा २४ रहेका छन् । त्यस्तै ३७६ जना सक्रिय सङ्क्रमित रहेका छन् भने ७ जनाको मृत्यु भएको छ ।

वडा नम्बर १० मा एक हजार ९९४ जना सङ्क्रमित भएका छन् । जसमध्ये होम आइसोलेसनमा १९० जना, अस्पतालमा ७ जना रहेका छन् । साथै एक हजार ७८१ जना सङ्क्रमण मुक्त हुँदा १९७ जना सक्रिय सङ्क्रमित थपिएका छन् भने १६ जनाको मृत्यु भएको छ ।

त्यस्तै वडा नम्बर ११ मा एक हजार ३५५ सङ्क्रमित हुँदा एक हजार २६६ जना सङ्क्रमण मुक्त भएका छन् । सङ्क्रमितमध्ये होम आइसोलेसनमा ७३ जना, अस्पतालमा चार जना र संस्थागत होम आइसोलेसनमा तीन जना रहेका छन् । साथै सक्रिय सङ्क्रमतिको सङ्ख्या ८० रहेको छ भने ९ जनाको मृत्यु भएको छ ।

वडा नम्बर १२ मा कोरोना सङ्क्रमितको सख्या ४०९ रहेको छ भने ३४५ जना सङ्क्रमण मुक्त भएर घर फर्किएका छन् । सङ्क्रमितमध्ये ५२ जना होम आइसोलेसनमा, ६ जना अस्पतालमा रहेका छन् । साथै ६ जनाको मृत्यु भएको छ भने ५८ जना सक्रिय सङ्क्रमित रहेका छन् ।

यसैगरी वडा नम्बर १३ मा सङ्क्रमितको सङ्ख्या एक हजार ९८५ मध्ये होम आइसोलेसनमा २००, अस्पतालमा ७ जना रहेका छन् । साथै सक्रिय सङ्क्रमित २०७ रहेको छ भने एक हजार ७६९ जना सङ्क्रमण मुक्त भएका छन् । साथै ९ जनाको मृत्यु भएको छ ।

वडा नम्बर १४ मा तीन हजार १३४ कोरोना सङ्क्रमित रहेका छन् । जसमध्ये होम आइसोलेसनमा २५२ जना, अस्पतालमा १३ रहेका छन् भने २६५ जना सक्रिय सङ्क्रमित रहेका छन् । साथै दुई हजार ८५९ जना सङ्क्रमण मुक्त भएका छन् भने १० जनाको मृत्यु भएको छ ।

यसैगरी वडा नम्बर १५ मा दुई हजार ६१२ जना सङ्क्रमित भएका छन् । जसमध्ये दुई हजार ४६९ जना सङ्क्रमण मुक्त भएका छन् । होम आइसोलेसनमा ९६ जना, अस्पतालमा १० जना, संस्थागत आइसोलेसनमा ११ जना, सक्रिय सङ्क्रमित ११७ जना र २६ जनाको मृत्यु भएको छ ।

वडा नम्बर १६ मा तीन हजार ७०३ जनामा सङ्क्रमण देखिएको छ भने १७ जनाको मृत्यु भएको छ । साथै तीन हजार २७० जना सङ्क्रमण मुक्त भएका छन् भने ४१६ जना सक्रिय सङ्क्रमित भएका छन् । त्यस्तै होम आइसोलेसनमा ३७५ जना, अस्पतालमा २८ जना र संस्थागत आइसोलेसनमा १३ जना रहेका छन् ।

वडा नम्बर १७ मा ८०६ जना सङ्क्रमित भएका छन् भने ७११ जना सङ्क्रमण मुक्त भए । जसमा ९ जनाको मृत्यु भयो । अहिले ७६ जना होम आइसोलेसनमा रहेका छन् भने ८ जना संस्थागत आइसोलेसनमा रहेका छन् । साथै ८६ जना सक्रिय सङ्क्रमित रहेका छन् । ( गोरखापत्र दैनिकबाट )

Related Articles

Back to top button