News
एक वर्षकी नानीलाई कोरोना संक्रमण
शिल्पाको एक वर्षकी छोरीलाई कोरोना संक्रमण, लेखिन् भावुक स्टाटस्,
कोरोनाभाइरसको दोस्रो लहरले भारतमा विध्वंश मच्चाइरहेको छ । मुम्बई र महाराष्ट्रमा पछिल्लो दिन थुप्रै ठूला सेलिब्रिटी पनि यो रोगको चपेटमा आए ।आलिया भट्ट, रणविर कपुर, दिपीका पादुकोणलगायतले कोरोना संक्रमणसँग लडिरहँदा बलिउड अभिनेत्री शिल्पा सेट्टीको परिवार पनि कोरोनाको कारणले पिडित बनेको छ ।
उनको आमा, श्रीमान र १ बर्षकी छोरीलाइ समेत कोरोना संक्रमण देखिएपछि उनी भावुक बनेकी हुन् । उनले इन्स्टाग्राम अकाउन्टमा यसबारे पोस्ट गर्दै भनिन् ।‘पछिल्लो १० दिन हाम्रो लागि निकै मुश्किल रह्यो । मेरा सासु–ससुरा कोभिड द्वारा संक्रमित पाइए । त्यसपछि समिशा, वियान–राज, मेरी आमा र राज पनि यसको चपेटमा आए । आधिकारिक दिशानिर्देश र डाक्टरको सल्लाह अनुसार सबैजना होम आइसोलेशनमा आफ्नो कोठामा छन् ।’