HealthNews

कोरोना संक्रमणका कारण २ जना प्रधानाध्यापकको एकैदिन मृत्यु

कोरोना संक्रमणका कारण कपिलवस्तुमा एकैदिन २ जना प्रध्यानध्यापकको निधन भएको छ। जिल्लाको शिवराज नगरपालिकामा अवस्थित फपुरी इंग्लिस बोडिङ स्कुलकी प्रिन्सीपल फराह चौहान र गोल्डेन पार्क चिल्ड्रेन्ज एकेडमीका प्रिन्सीपल गोपाल पाठकको ज्यान गएको जिल्ला स्वास्थ्य कार्यलय कपिलवस्तुले जनाएको छ।

उनीहरु दुवैको शिवराज नगरपालिकाले तयार पारेको आइसोलेसनमा निधन भएको हो। शिवराज नगरपालिका ५ निवासी ३६ वर्षिय पाठकको आज बिहान ९ बजे निधन भएकोमा फपुरीकी प्रिन्सीपल फराह चौहानको पनि आजै बिहान १० बजे शिवराजकै आइसोलेसनमा मृत्यु भएको बताइएको छ।

स्व गोपाल पाठक कपिलवस्तु नीजि तथा आवासिय विद्यालय अर्गनाइजेसन ९प्याब्सन० का सचिब समेत थिए। यसैबीच जिल्ला सचिव र एक जना प्रिन्सिपलको कोरोनाका कारण ज्यान गएपछि प्याबसन जिल्लाकमिटि स्तब्ध भएको जनाएको छ।

यो पनि पढौ, बाँके र रुपन्देहीमा थप सात सङ्क्रमितको मृत्यु

यसैगरी वैशाख १३ गते शिक्षण अस्पताल कोहलपुरमा उपचारको लागि भर्ना हुनुभएका नेपालगञ्ज उपमहानगरपालिका वडा नं. १० निवासी ३८ वर्षीया महिला बिहान मृत्यु भएको छ । योसँगै बाँकेमा कोरोनाबाट एक सय ७४ जनाको मृत्यु भएको छ । बाहिरी जिल्लाबाट यहाँ उपचार गराउन आउँदा एक सय ३१ जनाको मृत्यु भएको छ ।
तीब्र गतिमा कोरोना भाइरसको सङ्क्रमण बढिरहेको बाँकेमा गएराति ७ सय ३१ नयाँ सङ्क्रमित थपिएका छन् । जिल्लाका तीन वटा प्रयोगशालामा एक हजार १८ जनाको पिसिआर जाँच गर्दा ७ सय ३१ जनामा कोरोना देखिएको जिल्ला कोभिड सङ्कट व्यवस्थापन केन्द्र बाँकेका स्रोत व्यक्ति वलीले जानकारी दिनुभयो ।
उहाँका अनुसार भेरी अस्पताल नेपालगञ्जमा ४ सय ८० को परीक्षण गर्दा ३ सय ४३, शिक्षण अस्पताल कोहलपुरमा २ सय २ को परीक्षण गर्दा १ सय ५८ र नेपालगञ्जस्थित बागेश्वरी प्रयोगशालामा ३ सय ३६ को परीक्षण गर्दा २ सय ३० जनामा कोरोना पुष्टि भएको छ । ७ सय ३१ जनामध्ये बाँकेका ५ सय ४ जना रहेका छन् । बाँके अस्पतालमा रहेका ५ सय ९७ मध्ये भेन्टिलेटरमा ६ जनाको उपचार भइरहेको छ । होम आइसोलेसनमा तीन हजार नौ सय ३५ जनाले स्वास्थ्य लाभ गरिरहेको स्रोत व्यक्ति वलीले बताउनुभयो । शुक्रबारमात्रै बाँकेमा एक सय ९ जनाले कोरोना जितरे घर फर्किएका छन् ।

Related Articles

Back to top button