टिकटक बनाउने क्रममा भीरबाट खसेर एकजनाको मृत्यु
उदयपुर – टिकटक नेपालमा त्यति नै चर्चित र लोकप्रिय छ, जति फेसबुक । टिकटकको यो लोकप्रियता झन् बढ्दो छ । ‘लकडाउन’ले घरभित्रै रहँदा धेरै इन्टरनेट प्रयोगकर्ताका लागि टिकटक समय गुजार्ने रमाइलो माध्यम पनि बन्यो । यसको लोकप्रियता त्यसयता चुलिएको छ ।
अझ महत्त्वपूर्ण त्यसले विश्वलाई टिकटक एपबारे परिचित गराइदियो। त्यसयता टिकटकले करोडौँ जागरुक, सिर्जनशील तथा अधिकांश युवा उमेरका प्रयोगकर्ता पाएको छ।
यसै क्रममा टिकटक बनाउने क्रममा भीरबाट खसेर एकजनाको मृत्यु भएको छ । कटारी नगरपालिका–११ हर्देनी भीरमा टिकटक बनाउने क्रममा ल’डेर धरान-५ का १८ वर्षीय सुवास परियार मृत्यु भएको हो । धरानबाट ओखलढुङ्गाका लागि छुटेको सुमोमा चढेका उनी हर्देनीमा गाडी बिग्रिएपछि ओर्लिएर भिरमा टिकटक बनाउन थालेका थिए ।
टिकटक बनाउने क्रममा उनी भिरबाट ल’डेर ग’म्भीर घाइते भएका थिए । गम्भीर घाइते भएका परियारलाई कटारी अस्पताल लैजादै गर्दा बाटामै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको पनि प्रहरीले बताएके छ ।