Entertainment

पशुपति शर्मा र सम्झना भण्डारीको “सारङ्गी र्‍याई र्‍याई” सार्वजनिक ( भिडियो )

काठमाडौं २४ बैशाख / लोकप्रिय गायक तथा सर्जक पशुपति शर्मा र सम्झना भण्डारीको स्वरमा नयाँँ गीत “सारङ्गी र्‍याई र्‍याई” सार्वजनिक भएको छ ।

गायक शर्माकै शब्द संगीतमा रहेको यस गीतको भिडियोलाई पशुपति शर्मा अफिसियल युट्युब च्यानलबाट डिजिटल बजारमा ल्याएका हुन् ।

प्रकाश भट्टले निर्देशन गरेको भिडियोमा गायक पशुपति शर्मा र मोडल करिश्मा ढकालको अभिनय देख्न सकिन्छ ।

पछिल्लो समय गायक पशुपति शर्मा र गायिका सम्झना भण्डारीको सहकार्य निकै नै बाक्लिएको छ ।

गतबर्ष बजारमा आएको (स्याङ्जा जाने बाटैमा तनहुँ ) बोलको गीतलेे पनि लाखौ दर्शक स्रोताको मनमा बस्न सफल गीत बनेको थियो ।

हेर्नुहोस सारङ्गी र्‍याई र्‍याई गीतको पूरा भिडियो :

Related Articles

Back to top button