News
प्रधानमन्त्री ओलीको स्वाब संकलन
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको कोरोनाभाइरस संक्रमण परीक्षणका लागि स्वाब संकलन गरिएको छ ।
बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा प्रधानमन्त्रीको पीसीआर परीक्षणका लागि शुक्रबार स्वाब संकलन गरिएको उनको निजी सचिवालयले जानकारी दिएको छ ।
प्रधानमन्त्रीको प्रेस सल्लाहकार सूर्य थापाकाअनुसार शुक्रबार प्रधानमन्त्री ओलीसहित स्वकीय र निजी सचिवालय, सुरक्षा निकाय र चालकहरूसहित एक सय जनाभन्दा बढीको स्वाब संकलन गरिएको छ ।
प्रधानमन्त्री ओलीले संसदबाट विश्वासको मत लिने भएपछि यही वैशाख २७ गते प्रतिनिधि सभाको अधिवेशन आह्वान गरिएको छ ।
सांसद तथा सचिवालयका कर्मचारीसहितको पीसीआर परीक्षण गरिएको बेला शुक्रबार प्रधानमन्त्री ओलीसहितको उनको सचिवालय सदस्यसहित सुरक्षाकर्मीलगायतका पीसीआर परीक्षणका लागि स्वाब संकलन गरिएको हो ।