नेपालगन्ज २४ वैशाख : देशभर दुई हजार ९०५ जनाले कोरोना जितेका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप २ हजार ९०५ जनाले कोरोना जितेका हुन् ।
यो सँगै नेपालका कोरोना निको हुनेको संख्या २ लाख ९५ हजार ३९५ जना पुगेको छ । यो दर कुल संक्रमितको ७८ दशमलब २ प्रतिशत हो ।
यस्तै नेपालमा कोरोना संक्रमितको संख्या ३ लाख ७७ हजार ६ सय ३ पुगेको छ । गत २४ घण्टामा मात्र ९ हजार १ सय ९६ जना संक्रमित थपिएको मन्त्रालयले जनाएको छ ।
१० हजार ४८२ वटा नमूनाको परीक्षण गरिएकोमा ९ हजार १९६ जनाको नतिजा पोजेटिभ आएको हो ।
जसमा १९ हजार ९८७ जनाको पीसिआर परीक्षणमा ९ हजार २३ जनामा पोजिटिभ र ४९५ जनाको सिमा नाकामा एन्टिजेन परीक्षण गर्दा १७३ जनामा कोरोना पोजिटिभ आएको हो । जसमध्ये ७८ हजार ६ सय २९ जना सक्रिय संक्रमित छन् । योसँगै आजसम्म सक्रिय संक्रमितको संख्या ७८ हजार ६२९ पुगेको छ ।
यसैगरि पछिल्लो २४ घण्टामा कोभिड संक्रमणका कारण ५० जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोभिड संक्रमणका कारण मृत्यु हुनेको संख्या ३ हजार ५७९ पुगेको छ ।