काठमाडौं – कोरोना महामारीले विकराल बनेको नेपालमा केही सुखद समाचार पनि आइरहेका छन् ।
यसै बीच औषधि विभागले रसियन खोप स्पुतनिक भी खोप आयातको लागि अनुमति दिएको छ ।
रसियन सरकारी संस्था ग्यामेलिया नेशनल रिसर्च सेन्टरले निर्माण गरेको स्पुतनिक भी खोप ९२ प्रतिशत बढी प्रभावकारी भएको बताइएको छ । यो खोप २१ दिनको अन्तरमा दुई डोज लगाउनुपर्ने हुन्छ । स्पुतनिक भी खोप भण्डारणका लागि २ देखि ८ डिग्री तापक्रममा राख्नुपर्ने हुन्छ ।
नेपालमा यो खोप आयात गर्ने कम्पनीले १० प्रतिशत भन्दा बढी मुनाफा लिन नपाउने विभागले जनाएको छ । विभागले भारतको सेरम इन्स्टिच्युटले उत्पादन गरेको कोभिशिल्ड हुकम डिस्टिब्युटर्स र भारतकै बायोएन्टेकले उत्पादन गरेको को-भ्याक्सिन ल्याउन इमराल्ड फर्मालाई अनुमति दिइसकेको छ ।