काठमाडौ । पर्वतबाट दुखद खबर आएको छ । जिल्लामा एक जीप दुर्घटना भएको छ । यस घटनामा १५ जना घाइते भएका छन् । उक्त जीप मलामी बोकेर ठुलीपोखरीबाट मोदी तर्फ जाँदै थियो । जीप कुश्मा नगरपालिका १० पिपलटारीमा गहतेमा पुगेपछि दुर्घटनामा परेको थियो । उक्त जीपमा सवार १५ जना घाइते भएका हुन् ।
एक जना मृगौला रोगीको मृत्यु भएको थियो । उनको अन्तिम संस्कारका लागि उक्त जीप मलामी बोकेर मोदीतर्फ हिँडेको थियो । ग २ च ५२१३ नम्बरको जीप दुर्घटना हुँदा चालकसहित अन्य १५ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय पर्वतका डिएसपी विश्वराज अधिकारीले पुष्टी गरेका छन् ।
दुर्घटनाका घाइतेहरुको पर्वत अस्पतालमा उपचार भइरहेको डिएसपी अधिकारीले बताए । डिएसपी अधिकारीले अधिकांश घाइतेहरू सामान्य अवस्थामा रहेको बताए । तर तीनजना गम्भीर रहेका छन् । ‘दुर्घटनामा परेका धेरै जसो सामान्य घाइते हुनुभएको छ, दुई तीनजना मध्यम खालको हुनुहुन्छ’ उनले भने ।
‘सामान्य घाइते भएकाहरु उपचार पछि डिस्चार्ज भएका छन् । जीप दुर्घटनाका बारेमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको डिएसपी अधिकारीले बताए । जीप के कति कारणले खसेको अहिले नै प्रष्ट भएको छैन । सांकेतिक तस्वीर