इण्द्रेणीकी भाईरल काजल जोशिको घरमा पहिलो पटक मिडिया,पत्रकार पुग्दा काजल बाख्रा चराउन बनमा (भिडियो सहित)
करिब एक बर्ष पहिला बिभिन्न युट्युब च्यानल बाट चर्चामा आई भाईरल भएकी कैलालीकी काजल जोशी यति खेर चर्चित कार्यक्रम इण्द्रेणी टिममा आबद्ध छिन । उनले इण्द्रेणीमा गाएको पहिलो दोहारी भाईरल भए सङ्गै अहिले दोस्रो दोहोरी पनि भाईरल भएको छ । चर्चित दोहोरी गायक छत्र शाहि सङ्ग गाएको उक्त्त दोहोरी अहिले नेपाल भरिको युट्युब च्यानलमा ट्रेन्डिङ १ मा आएको छ । गित ट्रेन्डिङ १ मा आए सङ्गै काजलको चर्चा चुलिदै गएको छ ।
कैलालीको बिकट स्थान कचालीमा घर भएकी काजल जोशी सानै देखी गित गाउँन सिपालु थिईन । गाउँ घरमा हुने कार्यक्रममा उनको सहभागिता हुने गर्थ्यो । गाउकै स्कुलमा कक्षा १० सम्म अध्ययन गरेकी काजलको बाकि पढाई कैलालीको टिकापुरमा भएको हो । टिकापुरमा पढ्नुको साथसाथै रेडियोमा कार्यक्रम प्रस्तोता समेत थिईन काजल ।
पहिलो पटक हेल्लो टिकापुर टिभि बाट दिएको अन्तरवार्ता नै भाईरल भए पछि धैरै मिडियाहरु उनलाई भेट्न आएका थिए । धेरै मिडियामा लिईएको अन्तरवार्तामा काजललाई रुचाईयो पनि । त्यस्तै हेल्लो टिकापुर टिभि तथा नेपाल डायरीको प्रस्तुतीमा उनलाई दोहोरी गाउन लगाईयो । उनका ति दोहोरीहरु पनि भाईरल नै भए । ति दोहोरीहरुले पनि युट्युबमा गतिलो भ्युज पाएका छन ।
मिठो बोल्ने,मिलनसार स्वभाव,हसिली काजल जोशीलाई आगामी उहाँको करियरको हार्दिक शुभकामना ब्यक्त्त गर्दछौ ।
काजल जोशीको यति धेरै चर्चा भईसके पछि हेल्लो टिकापुर टिभिका संचालक अंकित उप्रेती काजलको घर सम्म पुग्नु भयो । तपाई हाम्रै भाईरल काजल जोशिको घर पुगी उहाँ सङ्ग गरिएको कुराकानी हेर्नुस ।।