HealthNews

दिपायलमा कार्यरत रेडियो नेपालका इन्जिनियरको कोरोनाबाट मृ*त्यु

काठमाडौ । रेडियो नेपालको प्रदेश प्रसारण केन्द्र दिपायलमा कार्यरत इन्जिनियरको कोरोना भाइरसको संक्रमणका कारण मृ*त्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर मल्लका अनुसार सप्तरीको रुपकञ्चन नगरपालिका बस्ने ३० वर्षीय ती प्राविधिक इन्जिनियरको कोरोनाका कारण मृ*त्यु भएको हो ।

केही दिनपहिले कोरोना परीक्षण गर्दा उहाँको पीसीआर पोजिटिभ देखिएको थियो । उहाँलाई स्वास्थ्यमा थप समस्या भएपछि यही वैशाख २२ गते जिल्ला अस्पतालको आइसोलेसनमा राखेर उपचार भइरहेको जिल्ला अस्पतालका डा प्रकाश ठकुल्लाले जानकारी दिनुभयो ।

उहाँसहित कोरोना भाइरसको सङ्क्रणबाट डोटीमा मृत्यु हुनेको सङ्ख्या चार पुगेको छ भने अस्पतालको आइसोलेसनमा मृ*त्यु हुनेमा उनी दोस्रो व्यक्ति हुन् ।

उहाँको शव नेपाली सेनाले आजै अन्त्येष्टि गर्ने तयारी भएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । रासस

Related Articles

Back to top button