अप्सरा जस्ती लजालु श्रीमतीसँग, दोहोरीमा तहल्का पि’ट्ने रेशम निर्दोष पहिलो पटक मिडियामा(भिडियो)
लाईभ दोहोरिमा अब्बल गायक रेशम निर्दोष पहिलो पटक श्रीमती संग मिडियामा आएका छन। दोहोरिमा सबैलाई टक्कर दिने रेशमले धेरै गीत हरु रेकर्ड गरिसकेका छन। रेशमका गीतहरुले बजार धेरै तताएको छ। ठाउ-ठाउमा रेशमकै गीतहरु बज्ने गर्दछन। रेशमका गीतहरुलाई लाखौले मन पराउने गर्दछन। गायक रेशम निर्दोषले प्रेम बिबाह गरेका हुन। मेलामहोत्सब मा गएको बेला प्रेम बसी उनले आफ्नो प्रेम सफल पारेका हुन।
रेशमले धेरै मनिषहरुलाई रुवाउने खालका दोहोरि गाउने गर्दछन र दोहोरि गाउदा आफ्नो आखा पनि आसुमा डुबेका हुन्छन। रेशम धेरै दोहोरि गाएर चिनिएका छन। दोहोरिमै धेरै पटक बिबाह गरिन्छ ,छोरा-छोरि पाइन्छ जस्ता कुरा मिडिया सामु व्यक्त गरेका छन। पहिलो पटक श्रीमती संग मिडियामा आएर पनि नबिना संग दोहोरि गाएका छन।
रेशम निर्दोष कि श्रीमती भन्छिन , गीतको शब्दले जता लान्छ त्यतै जाने हो। गीत मा धेरै संख्यामा श्रीमती हुन्छन ,सबैलाई श्रीमती बनाउन सकिदैन। मलाई मेरो श्रीमानको बिस्वास छ , उहाले गीत बाटै अर्को बिहे गर्नु हुन्न। मलाई पुरै बिस्वासको साथ बिहे गर्नु भएको हो। म उहा संग धेरै खुशी छु र मेरो खुसि कहिलै तोड्नु हुदैन।
उहाले गाउने गीत एक दम राम्रो छ , स्वर पनि राम्रो छ त्यसैले मैले गीत नगाउनु भन्न पनि सक्दिन। उहाको रुचि , इच्छा भनेकै गीतमा छ। गीत गाएर उहा खुसि हुनुहुन्छ भने कहिलै रोक्ने छैन , श्रीमान खुसि हुनु नै म खुसि हुनु हो भनेकी छिन। सधै राम्रो काम गर्नु , नराम्रो बाटो कहिल्यै नहिड्नु मलाई यति भए पुग्छ भनि मिडिया सामु भनेकी छिन।