घरमा साढे तीन वर्षका छोरा छन् तर उनीसँग भेट्न नपाएको डेढ महिना हुन थाल्यो । बाजुराको बूढीगंगा नगरपालिका–१, धुराल्सैनस्थित आधारभूत स्वास्थ्य केन्द्रमा कार्यरत अनमी दिया सिंह एक्लैको काँधमा कोरोना भाइरस संक्रमण पुष्टि भइसकेका १७ जना, आरडीटी पोजिटिभ देखिएका २३ जना र चारवटा क्वारेन्टाइनमा रहेका अन्य ५३ जनाको उपचार गर्ने जिम्मेवारी छ ।बच्चाको मायाले सताउँछ, तर
घरमा साढे तीन वर्षका छोरा छन् तर उनीसँग भेट्न नपाएको डेढ महिना हुन थाल्यो । बाजुराको बूढीगंगा नगरपालिका–१, धुराल्सैनस्थित आधारभूत स्वास्थ्य केन्द्रमा कार्यरत अनमी दिया सिंह एक्लैको काँधमा कोरोना भाइरस संक्रमण पुष्टि भइसकेका १७ जना, आरडीटी पोजिटिभ देखिएका २३ जना र चारवटा क्वारेन्टाइनमा रहेका अन्य ५३ जनाको उपचार गर्ने जिम्मेवारी छ ।
बच्चाको मायाले सताउँछ, तर के गर्नु कोरोना कहरले परिवार र बालबच्चाबाट टाढा गराएको छ,’ उनले भनिन् । केन्द्रमा संक्रमितको हेरचाह र उपचार गर्ने अर्को स्वास्थ्यकर्मी नभएकाले उनी घर जाने अवस्था छैन । ‘घरमा जाऊँ भने छरछिमेकीले पनि राम्रो मान्दैनन्,’ उनले दुखेसो पोखिन्, ‘त्यसमाथि केन्द्रको पूरा जिम्मेवारी काँधमा छ ।’ उनी उक्त केन्द्रमा एक वर्षदेखि अनमी पदमा करार सेवामा कार्यरत स्वास्थ्यकर्मी हुन् ।