News

अलपत्र यात्रुलाई गन्तव्यमा पुर्याउँदै नेपाली काङ्ग्रेस का नेता पोख्रेल

प्यूठान : वैदेशिक रोजगार लगाएत देशका विभिन्न शहरबाट गाउँ जान थालेका अलपत्र नागरिकहरुलाई गन्तव्यसम्म पु्याउने कार्यलाई यूवा नेता प्रमोद पोखरेलले निरन्तरता दिएका छन् । उनले गतवर्षको कोरोना महामारीमा पनि उद्धारका कार्य गरेका थिए । आफ्नै नीजि गाडीमा राखेर उनले जिल्लाका विभिन्न ठाउँका नागरिकहरुलाई घरसम्म पु्याउने गरेका छन् ।

 

विहिवार भारतको पञ्जाबबाट आएका झिमरुक गाउँपालिका ८ टिमुरचौरका सात जना नागरिकहरुलाई पोखरेलले बाग्दुलाबाट उद्दार गरी गन्तव्यमा लगेका छन् । टिमुरचौरका नारायण गिरी सहितको टोलीलाई उनले उद्दार गरेका हुन् । भारतमा कोरोना बढेपछि उनीहरु घरतर्फ फर्केका हुन् । उनीहरुको कोरोना परिक्षण गर्ने व्यवस्था जिल्लामा नभएपछि सिँधै घर गएका छन् ।

पोखरेलले यस्तै अलपत्र परेका जोसुकै नागरिकहरुको पनि आफूले उद्दार गर्ने बताएका छन् । समस्यामा परेकाहरुले आफूलाई खवर गर्न समेत उनले आग्रह गरे । राजनीति क्षेत्रमा क्रियाशिल पोखरेल नेपाली कांग्रेस महाधिवेशन प्रतिनिधि हुन् ।

 

 

Related Articles

Back to top button