HealthNews

२७ वर्षीया युवासहित बाँकेमा १० जना संक्रमितले गुमाए अकालमै ज्यान

नेपालगन्ज २३ वैशाख । कोरोनोको एपिसेन्टर बनेको बाँकेमा हिजो बुधबार साँझ सँवा ६ बजेदेखि बिहीबार बिहान ७ बजेसम्ममा १० जना कोरोाना संक्रमितले ज्यान गुमाइसकेका छन् ।

जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र बाँकेकले जनाएअनुसार  ज्यान गुमाउनेमा   बाँकेका ९ जना र  एक जना जाजरकोटका रहेका छन् ।

ज्यान गुमाउनेमा नेपालगन्ज उपमहानगरपालिका–१२ का ४५ वर्षीय पुरुष,नेपालगन्ज उपमहानगरपालिका–१० की ७८ वर्षीया महिला,नेपालगन्ज उपमहानगरपालिका–१ का ५८ वर्षीय पुरुष, नेपालगन्ज उपमहानगरपालिका–१० का २७ वर्षीय युवा, नेपालगन्ज उपमहानगरपालिका–४ का ५५ वर्षीय पुरुष, नेपालगन्ज उपमहानगरपालिका–१० का ७८ वर्षीय पुरुष र नेपालगन्ज उपमहानगरपालिका–१९ का ७७ वर्षीय पुरुष,कोहलपुर नगरपालिका–५ का ३४ वर्षीय , भेरी नगरपालिका जाजरकोटकी ४३ वर्षीया महिला, बाँकेको नरैनापुर गाउँपालिका–१ का ५६ वर्षीय पुरुषको भेरी अस्पतालमा बिहीबार बिहान ७ बजे मृत्यु भएको हो ।

योसँगै बाँकेमा कोरोनाबाट मृत्यु हुनेको संख्या १५७ जना पुगेको छ  ।

 

Related Articles

Back to top button