News

निषेधाज्ञा साउन ७ गतेसम्म थपियो

काठमाडौं / चितवनमा निषेधाज्ञा थप गरिएको छ । बिहिबार जिल्ला प्रशासन कार्यालय चितवनले एक सुचना जारि गर्दै निषेधाज्ञा  साउन ७ गतेसम्मका लागि थप गरिएको जानकारी गराएको हो ।

यसअघि जारी गरिएको निषेधाज्ञा बिहिबार राति सकिदैछ । कोरोना संक्रमित कम भए पनि यसको जोखिम अझै रहेको भन्दै चितवनमा साउन ७ गतेसम्म निषेधाज्ञा थप गरिएको हो ।

गएको सातादेखि निषेधाज्ञामा स्वास्थ्यका मापदण्ड पूर्णरुपमा पालना गर्ने गरी केही खुकुलो बनाइएको थियो । खाद्यान्न, तरकारी तथा फलफूल, दुध, डेरी लगायतका पसलहरु बिहान ६ देखि १० बजेसम्म खुला गरिएको छ । सेमिनार, सभा, शैक्षिक संस्था, पार्टी प्यालेस लगायत भने बन्द नै छन् ।

Related Articles

Back to top button