Newsरोचक खबर

बाटोमा ५० हजार रुपैयाँको बिटो बेवारिसे थियो, यी युवतीले प्रहरीलाई बुझाइदिइन्, को हुन ? यी युवती ?

चौविस बर्षिया सुुनिता कोइराला कामको सिलसिलामा कतै जाँदै थिइन् । उनले एयरपोर्ट मोडको सडकमा केही बस्तु देखिन् । नजिक गएर हेर्दा त्यो पैसाको बिटो थियो । उनी त्यो देखेर अचम्म परिन् । जब उनले त्यो हातमा लिएर हेरिन् त्यो साँच्चैको पैसा नै थियो ।

सुनिताले त्यो रकम गनिन् । त्यहाँ पचास हजार रुपैयाँ थियो । हजार हजारका नोट थिए । उनले त्यो पैसा बोकेर गइन् । नजिकैको प्रहरी चौकीमा पुगेर त्यो पैसा प्रहरीको जिम्मा दिइन् । उनको यो कामको अहिले चारै तिर प्रशंसा भै रहेको छ ।

यो घटना असार ३० गतेको हो । विराटनगर महानगरपालिका वडा नं ४ स्थित एयरपोर्ट मोडको सडकमा सुनिताले ५० हजार रुपैयाँ भेटेकी थिइन् । बुढिगंगा गाउँपालिका वडा नं १ को स्थायी घर भएर सौर्य वचत तथा ऋण सहकारी संस्थामा कार्यरत २४ वर्ष की सुनिता कोईरालाले उक्त रकम वेवारिसे अवस्थामा फेला पारेपछि उनले प्रहरीलाई बुझाएकि हुन् ।

प्रहरीले उक्त रकम जसको हराएको हो उसले प्रमाण सहित जिल्ला प्रहरी कार्यालय मोरङमा सम्पर्क गर्न अनुरोध गरेको छ । कतै त्यो रकम तपाईको त होइन? हो भने प्रमाणसहित दावी गर्न जानु होला ।

Related Articles

Back to top button