News

ड्युटी सकेर घर फर्कदै गरेका प्रहरी असईको वाटोमै भयो यस्तो दुखद् निधन

काठमाडौ । कार्यालयको ड्युटी सकेर राती घर फर्कदै गरेका एक जना प्रहरीको मोटरसाइकल दुर्घटनामा निधन भएको छ । बारामा बुधबार राति भएको दुर्घटनामा पर्सा जिल्ला घर भएका एक प्रहरी सहायक निरीक्षकको निधन भएको हो। उनी कार्यालयको ड्युटी सकेर मोटरसाइकलमा घर फर्कदै थिए ।

पर्सा जिल्ला घर भएका एक प्रहरी सहायक निरीक्षकको निधन भएको छ। बाराको महागढी नगरपालिका २ स्थित भु त ही पुल नजिक बुधबार राति सवा नौ बजे प्रदेश २–०३–००१ ख।०७१५ नम्बरको ट्रकले स ५ प ९५३७ नम्बरको मोटरसाइकललाई ठ क्क र दिएको थियो।

दुर्घटनामा मोटरसाइकल चालक पर्साको सखुवा प्रसौनी गाउँपालिका ६ घर भइ रौतहटको इलाका प्रहरी कार्यालय सन्तपुरमा कार्यरत प्रहरी सहायक निरीक्षक ४४ वर्षीय रमेशकुमार राउतको घटनास्थलमै निधन भएको हो।

रौतहट सन्तपुर स्थित प्रहरी कार्यालयबाट बुधबार राति मोटरसाइकलमा आफ्नो घर फर्किंदै गरेका बेला राउत सवार रहेको मोटरसाइकललाई ट्रकले ठ क्क र दिएको थियो। प्रहरीले ट्रक र चालकलाई पक्राउ गरेको छ ।

यो अर्को समाचार, मध्यपहाडी लोकमार्ग अन्तर्गत म्याग्दी र मुस्ताङ जोड्ने बेनी–पोखरा सडक खण्ड मर्मतपछि फेरि सञ्चालनमा आएको छ । मङ्लवार राति वर्षासँगै पहिरो खसेर बन्द भएको बेनी–पोखरा सडक खण्ड मर्मतपछि आज दिउँसोपछि सञ्चालनमा आएको हो ।

पर्वतको कुश्मा नगरपालिका ८ चुवाको तीन ठाउँमा खसेको पहिरोको अवरोध हटाएपछि सडक सञ्चालनमा आएको पर्वतका प्रमुख जिल्ला अधिकारी देवी पाण्डे खत्रीले जानकारी दिए ।

बन्द सडक सञ्चालनमा आएपछि बीच बाटोमा रोकिएका सवारी साधन गन्तव्यतर्फ लागेका छन् भने सर्वसाधारणलाई पनि आवतजावतमा सहज भएको छ ।  यता हिमालपारिको जिल्ला मुस्ताङलाई जोड्ने राष्ट्रिय राजमार्ग बेनी–जोमसोम सडक खण्ड भने अझै बन्द छ ।

यो सडक खण्ड अन्तर्गत म्याग्दीको अन्नपूर्ण ३ दानामा रहेको रुप्सेखोला र जलथलेमा खसेको ढुङ्गा, माटो र लेदोसहितको अवरोधलाई हटाएर सडक सञ्चालनमा ल्याइएको भए पनि रघुगंगा ३ राहुघाटमा सडक बन्द भएको हो । बन्द सडक खुलाउने प्रयास भइरहेको जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी निरीक्षक  वीरेन्द्रराज गुरुङले जानकारी दिए।

Related Articles

Back to top button