News

चितवनबाट हराएकी युवती यस्तो अबस्थामा भेटीईन …….

चितवनबाट हराएकी युवतीलाई प्रहरीले उद्धार गरेको छ । पूर्वी चितवनको रत्ननगर नगरपालिका–१३ की १९ वर्षीया दिपशिखा तिवारी गत वैशाख १ गतेदेखि घरबाटै हराएकी थिइन् ।

उनका बुबा किरण चन्द्रले हुलियासहित खोजतलासका लागि प्रहरीमा निवदेन दिएपछि उनको खोजी व्यापक पारिएको थियो । सादा पोशाकमा समेत प्रहरी टोली परिचालन गरिएको थियो । अन्ततः चितवन प्रहरीले बाराको सिमराबाट तिवारीलाई हिजो (बुधबार) उद्धार गर्न सफल भएको छ ।

ती युवतीलाई आफन्तको जिम्मा लगाइएको छ । पछिल्लो समय चितवनबाट युवतीहरु हराउने क्रम बढ्दो छ । चितवनको भरतपुरबाट हराएकी गैंडाकोटकी बिना सापकोटा अझै बेपत्ता छिन् । यस्तै राप्ती नगरपालिका–३ बाट हराएकी सुजिता भण्डारी भने मृत अवस्थामा भेटिएकी थिइन् ।

उता पर्सा प्रहरीले बालविवाह गर्ने र गराउनेमा संलग्न बेहुलासहित ३ जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा बेहुला, बेहुलाका बुवा र बेहुलीका बुवा रहेका छन्। बाराको प्रसौनी गाउँपालिका— ५ बेलहियाका महेश सहनीकी १७ वर्षीया छोरीसँग पर्साको पकाहामैनपुर गाउँपालिका—१ धोरेका ठग सहनीका २४ वर्षीय छोरा विशाल सहनीको असार १९ गते धोरेस्थित भुटनदेवी मन्दिरमा बिहे भएको थियो।

नेपालको प्रचलित कानुनअनुसार उमेर नै नपुगी १७ वर्षीया बालिकाको बिहे गरिएको भन्दै गाउँलेले प्रहरीमा मौखिक उजुरी दिएका थिए। त्यही उजुरीको आधारमा बिहे भएको ११ दिनपछि बुधबार जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरी टोलीले बेहुला विशाल, उनका बुवा ठग र बेहुलीका बुवा महेशलाई पक्राउ गरेको पर्साका प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनालले जानकारी दिए। बिहे असार १९ गते नै भएको भए पनि प्रहरीकोमा उजुरी ढिला गरी आएकाले बुधबार तीन जनालाई नियन्त्रणमा लिइएको खनालले बताए।

Related Articles

Back to top button