News
गायिका टीका सानू एक्कासि अस्पताल भर्ना
काठमाण्डौ / पछिल्लो समयकी लोकप्रिय गायिका टिका सानुको सुटिङको क्रममा लडेर खुट्टा फ्याक्चर भएको छ । बुधबार गीतको भिडियो निर्माणका क्रममा सामान्य रुपमा लडेकी सानुको खुट्टा भाँ’चिएको हो ।
अहिले उनको उपचार भइरहेको र अवस्था सामान्य रहेको छ । आफू अस्वस्थ भएपछि गायिका टीका सानुले सामाजिक सञ्जालमा यस्तो लेखेकी छिन् ।
जिन्दगी मा सोचेका कुरा भन्दा धेरै त नसोचेका कुरा हरु हुदा रैछन आज को सुटिङ सकिनै लाग्दा सामान्य हिन्दाहिन्दै लडेर खुट्टा को यो हाल भयो । मैले (2078-04-06 ) सम्म को काम लियको थिय भर दियको थिय तर अब म चाडै काम गर्न सक्छु जस्तो लागेको छैन, डक्टर ले 2/3 हप्ता लाग्छ भन्नुभयको छ। मेरो स्वास्थ को कारन यहाँ हरु मा पर्न जाने नोक्सानी को लागि क्षेमा चाहान्छु अब म केही समय रेस्ट मै हुनेछु धन्यवाद ।