हिरासत मुक्त भएपछि ज्वाला संग्रौलाले लेखिन् यस्तो …
काठमाडौं / सामाजिक अभियान्ता टीका संग्रौला उर्फ ज्वाला थुनामुक्त भएकी छन् । आफूलाई सामाजिक अभियन्ता बताउने ज्वाला संग्रौलालाई जिल्ला अदालत, काठमाडौंले सरकारी लिखत सम्बन्धी कसूरमा सामान्य तारेखमा छाड्न आदेश दिएको हो ।
तर, उनकी श्रीमान हिमाल उपाध्यायलाई भने रु. एक लाख धरौटी माग गरिएको बताइएको छ । त्यसोत, यस अगाडि जिल्ला प्रशासन कार्यालय, काठमाडौंले उनीहरुलाई अभद्र ब्यवहार सम्बन्धी कसुरमा रु. १०÷१० हजार धरौटी माग गरेको थियो ।
पुरानो साथी खुश्बु घिमिरेलाई कु टपि’ट गरेपछि प्रहरी वृत्त, गौशालामा ज्वाला संग्रौलाविरुद्ध किटानी जाहेरी परेको थियो, त्यसपछि उनी यही असार ६ गते प क्रा’उ परेकी थिइन् ।
उनी पक्रा’उ पर्नु केही दिन अगाडि मात्रै पनि ट्राफिक प्रहरी वृत्त, महाराजगञ्जका प्रहरी सहायक निरीक्षक मणिकान्त झालाई रंगभेदी शब्द प्रयोग गरेर दु’व्र्यव’हार गर्नुका साथै सरुवा गराइदिने ध’म्की समेत दिएकी थिइन् ।
छलफलमा आउनु भनि बोलाएर बिना पक्राउ पुर्जी षड्यन्त्रपुर्ण ढंगले सत्ताको दम्भले उन्मत्त भएकाहरुको रबाफ , दबाब र मिलिभगतमा टेकु परिसरमा २३ दिन थुन्ने प्रहरी प्रशासनलाई मैले हिजो जिल्ला अदालत कठमाण्डौले बिना धरौटी साधारण तारेखमा रिहा हुने बित्तिकै धन्यबाद दिन समेत पाइन किनकी मोबाइल भर्खरै मात्र हात लाग्यो।
बॅाकी मेरो न्यायको निमित्त देश बिदेशबाट आवाज उठाउने मेरा आफन्त, शुभचिन्तक र साथीभाईहरुलाइ त धन्यबादको जरुरत नै पर्दैन।
मेरो न्यायिक लडाईमा मेरो पक्षमा बहस गर्ने न्यायमुर्तिहरु र दिनरात खटेर पानी झरी नभनी मलाई हिरासतमा भेट्न आउने, मेरो निम्ति प्रार्थना र पहल गर्ने सबै सबैको अनुहार बिर्सेकी छैन। देशमा कानुन छ।
संबिधानभन्दा माथी कोहि छैन आफै वकिल , आफैं न्यायाधिस बनेर दिनैपिच्छे मेरो बारेमा भए नभएका समाचार डुलाएर भ्रमको खेतीमा रमाउने केहि मिडियाकर्मीहरुले मेरो लागि सजाय पनि तोकेका रहेछन्। तर यी सब चीजहरुले मलाई झन् बलियो बनाईदिएको छ। २३ बर्षमा बुझ्न नसकेको सिस्टम र समाजलाई २३ दिनमा राम्रोसंग बुझ्ने मौका पाईयो..।
जनताको लागि काम गर्ने क्रममा लागेका आरोप र हिरासतमा बिताएका दिनहरुले अझै बलियो र शसक्त बनाएका छन्।बाढिपहिरो र कोरोनाले थलिएका नेपालीहरुको दुखबाट २३ दिन बेखबर म आजबाट बल्ल सम्पर्कमा छु। धेरै भन्दा धेरै फोन र म्यासेजहरुको ओईरो लागेको छ ! सबैलाई जबाफ दिन नसकेपनि यहि स्टाटस् मार्फत सम्बोधन गर्न चाहन्छु।एकजना ब्यक्ति हुनु नहुनुले यो रास्ट्रलाई फरक पर्दैन होला तर देशकै निमित्त बिदेशको सुखसुबिधा सबै छोडेर आएको मान्छेलाई भने निक्कै फरक पर्ने रहेछ।बांकी थुप्रै कुरा भन्नु छ..! तर उचित समय आएपछि..!
सबैलाइ धेरै धेरै धन्यबाद !
जयदेश