गायिका अञ्जु पन्तको नयाँ गीत सार्वजनिक ( भिडियो हेर्नुहोस् )
काठमाण्डौं । नेपाली संगीत उद्योगमा दजनौं सुपर हिट अजम्बरी गीतहरु पस्की सकेकी नेपाल की नं १ गायिका स्वर किन्नरी अन्जु पन्त को आवाजमा रहेको अर्को नयाँ हिन्दी “युं ना हो जाता ”गीतको भिडियो लिम्दुमी क्रियसन मार्फत सार्वजनिक भएको छ । यस अगाडि पनी नेपाली गीतको अलवा कयौं हिन्दीहरुमा मा आफनो आवाजको जादु अन्जुले छरि सकेकी छिन ।
डी आर अटुको संगीतमा तयार पारिएको गीतमा राजु कार्कीले एरेन्ज गरेका छन । प्रेमी प्रेमीका विचको माया प्रेम लाई गीतमा समेटिएको छ । मायालु जोडि विचको प्रेमका भावहरुलाई समेटिएको छ ।
गीतमा सबै प्रेमील मनहरुको भोेगाईलाई समेटिएको कारणले सबै समुहका आम दर्शक तथा स्रोताले मन पराउनेमा आफु आशावादी रहेको गीतकार पवित्रा राईले बताइन । हिन्दी भाषामा निमार्ण गरिएको गीतलाई मनोज राईले सम्पादन गरेका छन ।“युं ना हो जाता ” गीतको पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोस ।
अन्य समाचार
सरकारले मुलुकको अन्तर्राष्ट्रिय नियमित उडान सञ्चालन गर्ने निर्णय गरेको छ । हालै भएको मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले अन्तरराष्ट्रिय उडान सङ्ख्या थप गरी नयाँ तालिका नियामक नेपाल नागरिक उड्डयन प्राधिकरण क्यानलाई पठाएको छ ।
क्यानका प्रवक्ता राजकुमार क्षेत्रीका अनुसार अब सातामा कूल ५३ वटा उडान सञ्चालन गर्नेगरी विभिन्न मुलुकका गन्तव्यमा उडान तालिका तय गरिएको छ । सरकारले अन्तर्राष्ट्रिय उडानतर्फ उडान सङ्ख्या थप गर्दै यसअघि उडान खुला गरेका गन्तब्यमा भारतबाहेकका मुलुकमा हुने उडान सङ्ख्या थप गर्ने निर्णय गरेको जनाइएको छ । नयाँ तालिकाअनुसार भारतको राजधानी नयाँ दिल्लीमा सातामा दुई उडान सम्बन्धित मुलुकका राष्ट्रिय ध्वजाबाहकले गर्नेछन् ।
नेपाल वायुसेवा निगमले बुधबार र एयर इण्डियाले सोमबार गर्नेछन् । यस्तै नेपाल एयरलाइन्सले यूएईको दुबईमा मङ्गलबार र बिहीबार तथा नेपालबाट अन्तरराष्ट्रिय उडान भर्ने निजी क्षेत्रको हिमालय एयरलाइन्सले आइतबार, मङ्गलबार र बिहीबार उडान भर्नेछन् । फ्लाइ दुबइले आइतबार, बुधबार र शुक्रबार एक-एक उडान गर्नेछ । क्यानको उडान तालिका अनुसार कतारको दोहामा नेपाल एयरलाइन्स र कतार एयरवेजले हरेक दिन उडान गर्नेछन् भने हिमालय एयरलाइन्सलाई साताको सोमबार, बुधबार र शनिबार उडान अनुमति दिइएको छ ।
उक्त एयरलाइन्सले साउदी अरेबियाको दमाममा साताको चार दिन आइतबार, सोमबार, बुधबार र शुक्रबार उडान गर्नेछ । नेपाल एयरलाइन्सले मलेसियाको क्वालालाम्पुरमा बुधबार र शनिबार सातामा दुई उडान पाएको छ । त्यस्तै हिमालय एयरलाइन्सले बिहीबार, शुक्रबार र शनिबार क्वालालाम्पुर उडानको अनुमति पाएको छ । टर्किस एयरलाइन्सले टर्कीको इस्तानवुलमा सोमबार, बिहीबार र शनिबार उडान गर्नेछ । जजिरा एयरवेजले कुवेतमा साताको पाँच दिन सोमबार, मङ्गलबार, बुधबार, बिहीबार र शनिबार उडान गर्नेछ । सलाम एयरले ओमानको मस्कटमा सातामा तीन दिन सोमबार, बुधबार र शनिबार उडान गर्ने तालिका छ ।
एयर अरेबियाले आबुधाबीमा आइतबार र मङ्गलबारको उडान तालिका पाएको छ । सिङ्गापुर एयरले हरेक आइतबार काठमाडौं उडान गर्नेछ । कोभिड–१९ महामारी नियन्त्रणका लागि सरकारले गत वैशाख २० गतेदेखि आन्तरिक तथा वैशाख २३ देखि अन्तरराष्ट्रिय उडान स्थगन गरेको थियो । आन्तरिक उडान पूर्ण रुपमा सञ्चालन गर्ने निर्णय भएको छ ।
अन्तरराष्ट्रियतर्फ सम्बन्धित मुलुकले उडान सहजीकरण गरेको खण्डमा आवश्यकताको आधारमा उडान तालिका थपघट गर्न सकिने प्राधिकरणले जनाएको छ । यसका लागि पर्यटन मन्त्रालयले सहजीकरण गर्नेछ । कोभिडका सङ्क्रमित बढेसँगै सरकारले गत वैशाख १६ देखि काठमाडौँ उपत्यकासहित देशका विभिन्न जिल्लामा निषेधाज्ञा जारी गरेको थियो ।