News

एउटै परेवाको मूल्य साढे १५ करोड

एजेन्सी, ३० असार । सामान्यतया एकजोडी परेवाको मुल्य ५ सय देखि १ हजार रुपैयाँ सम्म किनबेच हुने गरेको हामीलाई थाहा छ । तर, बेल्जियममा एउटै परेवाको मूल्य साढे १५ करोड रुपैयाँभन्दा बढी परेको छ । समाचार अनुसार, अर्मान्डो नाम दिईएको एउटा परेवा १.२५ मिलियन यूरो अर्थात नेपाली रुपैयाँ १५ करोड, ५६ लाख ३० हजार ५६२ मा लिलामी भएको छ ।

तर, त्यो परेवा भने कुनै साधारण प्रकारको होइन । उक्त परेवाले उडान प्रतियोगितामा सबैभन्दा उत्कृष्ट परेवाको उपमा पाएको थियो । त्यसलाई ‘परेवाहरुको लुइस हेमिल्टन’ पनि भनिदै आएको छ । हुन त साढे १५ करोड मुल्य पर्ने परेवा त्यो मात्र पनि होइन, यसअघि पनि एउटा परेवा १५ करोड ५३ लाख ६० हजार रुपैयाँ लिलामी भएको रेकर्ड थियो । अहिलेको अर्मान्डो परेवाले त्यो रेकर्ड तोडेपछि यसको चर्चा भएको हो ।

त्यो परेवा २०१८ को ऐस पिजन च्याम्पिनशिप, २०१९ को पिजन ओलम्पियाड र अंगुलेममा अर्मान्डो पहिलो भएको थियो । अर्मान्डो अहिले ७ वर्षको भयो । हाल यसले अवकासको जीवन बिताइरहेको छ । तर उसको नयाँ मालिकले त्यसबाट प्रजनन गराएर उसको वंश उत्पादन गर्ने सोच रहेको बताएका छन् ।

Related Articles

Back to top button