फेरि बढ्यो सुनको मूल्यो , कतिमा हुँदैछ कारोबार ? हेर्नुहोस्
काठमाडौँ / नेपाली बजारमा आज सुनको मूल्य तोलामा ३ सय रुपैयाँले बढेको छ । हिजो मंगलबार प्रतितोला ९२ हजार ४०० रुपैयाँमा कारोबार भएको छापावाल सुन आज तोलामा ३ सय रुपैयाँले बढेर प्रतितोला ९२ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसाय महासंघले जनाएको छ ।
तेजावी सुनको मूल्य आज ९२ हजार २०० रुपैयाँ रहेको छ । चाँदीको मूल्य भने आज घटेको छ । सोमबार प्रतितोला १ हजार ३२० रुपैयाँमा कारोबार भएको चाँदी आज ५ रूपैयाँले घटेर १ हजार ३१५ रूपैयाँ कायम भएको महासंघले जनाएको छ ।
अन्य समाचार : काठमाण्डाै – अहिले देशका धेरै ठाउँमा पानी पर्न रोकिएको छ । आज र भोलि लगातार झरी पर्ने सम्भावना नदेखिएको मौसमविद्ले बताएका छन् । बिहान र दिउँसोको समयमा पानी नपरे पनि बेलुका र रातिको समयमा पानी पर्ने सम्भावना रहेको मौसमविद् वरुण पौडेलले जानकारी दिनुभयो ।
उहाँका अनुसार आज वाग्मती, गण्डकी, सुदूरपश्चिम र प्रदेश-१ का केही ठाउँमा ठूलो वर्षाको सम्भावना छ । यस्तै यी प्रदेशमा चट्याङ्ग पर्ने सम्भावना पनि रहेकाले सावधानी अपनाउन मौसमविद्को आग्रह छ । यसपालि मनसुन भित्रिएसँगै लगातारजसो भइरहेको वर्षाले धेरै ठाउँमा बाढी पहिरो गएको छ । नेपालमा जेठमा मनसुन भित्रिएको थियो ।
गृह मन्त्रालयका अनुसार पछिल्लो तीन महिनामा प्राकृतिक विपद्का घटनामा परेर १ सय १४ जनाको ज्यान गएको छ । वैशाख १ गतेदेखि हिजोसम्मको तथ्याङ्कले पहिरोमा २९, बाढीमा २७ र डुबानमा परेर ८ जनाको ज्यान गएको देखाएको छ । यस्तै, चट्याङ्गबाट ३५ जना, आगलागीबाट ११, डढेलोबाट ३ जना र हावाहुरीका कारण एक जनाको ज्यान गएको गृह मन्त्रालयले जनाएको छ ।
यसपालि अझै ठूलो पानी पर्ने सम्भावना रहेकाले बाढी पहिरोको जोखिम धेरै रहेको विज्ञले बताउँदै आएका छन् ।