News

मोटरसाइकल दुर्घटना : काठमाडौं हिडेका बाबू छोराको मृत्यु

धादिङ / धादिङमा ट्रकको ठक्करबाट मोटरसाइकलमा सवार बाबु छोराको मृत्यु भएको छ । थाक्रे गाउँपालिका-६ महादेववेशीस्थित सडकमा ना.७ ख ९४४ नम्बरको ट्रकले गल्छिबाट काठमाडौं आउदै गरेको बा.७३ प २१७६ नम्बरको मोटरसाइकललाई मंगलबार दिउँसो ठक्कर दिँदा मोटरसाइकलमा सवार नुवाकोट विदुर नगरपालिका-१३ बस्ने ३५ वर्षीय नारायण शिवभक्ति र उनकै छोरा १० वर्षीय आर्यन शिवभक्तीको मृत्यु भएको हो ।

उनीहरुमध्ये आर्यनको घटनास्थलमा र नारायणको ट्रमा सेन्टर काठमाडौंमा उपचारको क्रममा मृत्यु भएको हो । दुर्घटनामा घाइते भएका मोटरसाइकल चालक धादिङ, त्रिपुरासुन्दरी बस्ने २० वर्षीय जीवन घर्तिको पनि सोही अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

काठमाडौंबाट मुग्लिनतर्फ जाँदै गरेको ट्रकलाई उछिन्ने क्रममा बिपरित दिशामा आएको मोटरसाइकललाई ठक्कर दिएर ब्याक गरी पुनः मोटरसाइकल माथि चडाई अगाडि बढाएको सीसी क्यामरामा समेत कैद भएको देखिन्छ ।

सवारी चालकले माद क पर्दा थ सेव न गरी सवारी चलाएको कारण दुर्घटना भएको प्राम्भिक अनुसन्धानमा खुलेको प्रहरीले बताएको छ । सर्लाही जिल्ला लालबन्दी घर भएका ट्रक चालक राजकुमार बुढाथोकी प्रहरी नियन्त्रणमा छन् । फाइल तस्बिर 

Related Articles

Back to top button