News

पाँचौँपटक प्रधानमन्त्री बनेका शेरबहादुर देउवाको यस्तो छ राजनीतिक यात्रा…

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा मंगलबार पाँचौँपटक प्रधानमन्त्री बनेका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले मंगलबार देउवालाई प्रधानमन्त्रीमा नियुक्त गरेकी छन् । डडेलधुरामा २००३ सालमा जन्मिएका उनी मंगलबार मुलुकको बागडोर सम्हाल्न पुगेका छन् ।

ज्योतिषीले देउवालाई सातपटक प्रधानमन्त्री बन्ने बताएका बेला मंगलबार उनको सत्तारोहण अदालतको आदेशले गराएको छ । कम्युनिष्टको दुई तिहाइ नजिकको केपी शर्मा ओली नेतृत्वको सरकारलाई विस्थापित गरेर देउवा मुलुकको बागडोर सम्हाल्न पुगेका हुन् ।

२०२२ सालमा सुदूरपश्चिमाञ्चल विद्याथी विद्यार्थी संघमार्फत विद्यार्थी जीवनबाटै राजनीतिक यात्रा सुरु गरेका देउवा पाँचौँपटक सत्तासिन हुन पुगेका छन् ।

२०५८ असोज १८ आफैंले असक्षम प्रधानमन्त्री भन्दै बर्खास्त गरेका देउवालाई तत्कालीन राजा ज्ञानेन्द्र शाहले पुनः प्रधानमन्त्रीमा नियुक्त गरेका थिए । संविधान सभाबाट संविधान जारी भएपछि उनकै सरकारले प्रतिनिधि सभाको निर्वाचन गराएको थियो ।

प्रजातन्त्रलाई राजालाई बुझाएको आरोप खेपेका उनी स्पष्ट वक्ताको रुपमा चिनिँदै आएका छन् । नेपाल विद्यार्थी संघको संस्थापक सदस्य, पार्टी सभापति र पाँचौँपटक प्रधानमन्त्री बनेर देउवाले राजनीतिक शिखरमा छन् ।

राजनीति यात्राका क्रममा उनी पञ्चायतविरोधी गतिविधि गरेको आरोवमा पटक–पटक जेल जीवन बिताएका छन् । पछिल्लो समय तत्कालीन राजा ज्ञानेन्द्रको शासन कालमा पनि देउवा भ्रष्टाचार अभियोगमा जेल परेका थिए। पटक पटक गरेर उनको जेल बसाइ करिब नौ वर्ष रहेको प्रतिनिधिसभाको वेबसाइटमा राखिएको परिचयात्मक भिडियोमा देउवा स्वंयले बताएका छन्।

Related Articles

Back to top button