भरतपुरमा फेरि एकजना बेपत्ता, खोजि दिन परिवारको हारगुहार
असार २५ गते शुक्रवार विहानै उठेर भरतपुर ६ का विष्णु प्रसाद मिश्र गाई गोठमा काम गदै थिए । काम सकेर उनि नजिकैको अन्नपुर्ण दुग्ध उत्पादन सहकारी संस्थामा दुध बेचेर फर्किए । उनको गोठमा ४ वटा गाई छन् । विहान साढे ९ बज्दै थियो, उनले आफ्नो मोटरसाइकलमा समस्या भएको भन्दै बनाउन नजिकैको चोकबजार गए । एक मोटरसाइकल वर्कसपमा आफ्नो मोटरसाइकल छोडेर उनि निस्किए । तर उनि ५ दिन वितिसक्दा समेत घर फर्किएका छैनन् । बाइक बनाउन हिडेका विष्णु घर नफर्किएको भन्दै परिवारले खोजि गरिदिन आग्रह गरेको छ ।
३५ बर्षिय विष्णुको घरमा आमा छोरा मात्र थिए । उनका बुवा नारायण प्रसाद मिश्र ६ महिना अगाडी अमेरीका गएका थिए । उनि असार २८ गते घर आइपुगेका छन् ।
५ फिट ८ इन्च उचाई भएका विष्णुले दारी कपाल लामोलामो पालेका थिए । घर बाट निस्किदा उनले पहेलो टिसर्ट खरानी रङको पाइन्ट लगाएका उनका अंकल द्वारिका नाथ मिश्रले जानकारी दिनुभयो ।
५ दिन देखि वेपत्ता भएका विष्णुलाई खोजि गरिदिन इलाका प्रहरी कार्यालय गितानगरमा सुचना दिएको परिवारले जनाएको छ । कहिँ कतै भेटेमा वा जस्तो सुकै अबस्थामा देखेमा मानबिय सहयोग गरि उद्धार कार्यमा सहयोग गरिदिनुहुन परिवारले आग्रह गरेको छ । साथै फोन नम्बर ९८४५०४८४०५ ,९८४५६२३९७०,९८४५०४८४०६ अथवा नजिकको प्रहरी चौकिमा खबर गरिदिनुहुन परिवारको आग्रह छ ।