News

नवविवाहित अञ्जुको शंकास्पद मृत्यु

धनुषामा एक नवविवाहिता महिलाको शं’कास्पद मृ’त्यु भएको छ। बटेश्वर गाउँपालिका–२ भूचक्रपुर कहचरीटोल बस्ने रामवृक्ष महतोकी २० वर्षीया पत्नी अञ्जु महतोको आइतबार साँझ शंकास्पद मृ’त्यु भएको हो ।

आफ्नै घरको ओछ्यानमा अञ्जुको श’व फेला परेको इलाका प्रहरी कार्यालय सखुवा महेन्द्रनगरका प्रहरी निरीक्षक तिलक सुनारले जानकारी दिए ।

उनले भने, ‘मृतकको घाँटीमा झु*ण्डेर आ*त्मह*त्या गरेको जस्तो डाम देखिएकोले घटना शं’कास्पद रहेको छ । श’वको पोस्टमार्टम रिपोर्ट पश्चात थप कुरा खुल्न सक्छ।’

यता माइत पक्षले ससुरा पक्षले मिलेर आफ्नो छोरीको ह*त्या गरेको दावी गरेका छन् । अञ्जुले आ*त्मह*त्या नगरेको र घरपरिवारले नै मिलेर घाँ*टी थि*चि उनको ह*त्या गरेको उनका बुबा महोत्तरीको गौशाला नगरपालिका–१० भरतपुर बस्ने रामजटन महतोको आ”रोप छ ।

अञ्जुको विवाह गत फागुन २० गते सामाजिक परम्परा अनुसार रामवृक्षसँग भएको थियो । विवाहपछि ससुरा पक्षले यस्तो बुहारीले घरपरिवार नचल्ने कुरा माइत पक्षलाई पटक पटक सुनाएको आरोप छ ।

घटनाको सुक्ष्म अनुसन्धान गरी दोषीलाई कारबाही गर्न माइती पक्षले माग गरेका छन्। मृतकको श”व पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुर लगिएको र घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

Related Articles

Back to top button