News

सिसिटिभी फुटेजमा देखा परिन हराएकी बिना सापकोटा

गैंडाकोट नगरपालिका–४ की २१ वर्षीया बिना सापकोटा आधा घण्टाको लागि भनेर आफ्नै ब्वाईफ्रेन्डसंग स्कुटरमा गएको दिन देखि आजको दिन सम्म पनि सम्पर्क बिहिन छिन। प्रहरीले उनको तिब्र खोजि गरिरहेको छ।

छोरीको सम्झनामा आमाले सिरानी च्यापेर रुदै बसेको १२ दिन भैसक्यो। प्रहरीले गरेको अनुसन्धानमा भरतपुर नगरपालिका स्थित त्रिबेणी ड्राइभिङ्ग सेन्टरमा राखिएको सि सि टि भी फ़ुटेजमा बिनालाइ देखिएको छ।

उक्त फ़ुटेजमा बिना रातको ७ बजेर ५८ मिनेट जादा उक्त स्थान बाट जादै गरेको देखिएको छ। उक्त फुटेजमा हिड्ने महिला बिना नै हो भनेर बिनाको परिवारले दाबि समेत गरिसकेको छ।

त्यस ठाउ बाट पास भएकी बिना त्यसपछि भएन कतै फेला परेकी छैनन्। उक्त फुटेजमा बिना रिसाएर अलि छिटो-छिटो हिडेको जस्तो देखिन्छ। तर त्यसपछि भने उनि कता गईन केहि पत्तो लाग्न सकेको छैन।

त्यस्तै बिना प्रवेशसँग रिसाएर हिँडेकी थिइन्। त्यही क्रममा प्रवेशले मा’द’क प’दार्थ से’व’न गरेको कुसुमका घर वरिपरिका स्थानीयसँगको सोधपुछमा खुलेको बिनाका बुवा जायश्वरको भनाइ छ।

यस फुटेजमा आफ्नी छोरीलाई देखेपछि परिवारमा आफ्नी छोरी चाडै घर फर्किन्छे कि भन्ने थोरै भएपनि आश पलाएको छ। प्रेमी प्रवेश बिनासंग करिब ५ बर्ष देखि सम्बन्धमा थिए भने करिब ३ बर्ष देखि कुसुम नाम गरेकी महिलासंग पनि प्रेममा रहेको खुलेको छ।

Related Articles

Back to top button