हिरासत मुक्त भएपछि ज्वाला संग्रौलाले दिइन् यस्तो चेतावनी ( भिडियो हेर्नुहोस् )
काठमाडौं / सामाजिक अभियान्ता टीका संग्रौला उर्फ ज्वाला थुनामुक्त भएकी छन् । आफूलाई सामाजिक अभियन्ता बताउने ज्वाला संग्रौलालाई जिल्ला अदालत, काठमाडौंले सरकारी लिखत सम्बन्धी कसूरमा सामान्य तारेखमा छाड्न आदेश दिएको हो ।
तर, उनकी श्रीमान हिमाल उपाध्यायलाई भने रु. एक लाख धरौटी माग गरिएको बताइएको छ । त्यसोत, यस अगाडि जिल्ला प्रशासन कार्यालय, काठमाडौंले उनीहरुलाई अभद्र ब्यवहार सम्बन्धी कसुरमा रु. १०÷१० हजार धरौटी माग गरेको थियो ।
पुरानो साथी खुश्बु घिमिरेलाई कु टपि’ट गरेपछि प्रहरी वृत्त, गौशालामा ज्वाला संग्रौलाविरुद्ध किटानी जाहेरी परेको थियो, त्यसपछि उनी यही असार ६ गते प क्रा’उ परेकी थिइन् ।
उनी पक्रा’उ पर्नु केही दिन अगाडि मात्रै पनि ट्राफिक प्रहरी वृत्त, महाराजगञ्जका प्रहरी सहायक निरीक्षक मणिकान्त झालाई रंगभेदी शब्द प्रयोग गरेर दु’व्र्यव’हार गर्नुका साथै सरुवा गराइदिने ध’म्की समेत दिएकी थिइन् ।