News

ज्वाला संग्रौला सहित ४ जना रिहा

काठमाडौ । विभिन्न क सु रमा अनुसन्धानका क्रममा हिरासतमा रहेका सामाजिक अभियान्ता ज्वाला संग्रौला, उनका पति हिमाल प्रसाद उपाध्याय सहित ४ जना रिहा भएका छन् ।

अदालतको आदेशमा उनीहरु रिहा भएका हुन् । ज्वाला साधारण तारेखमा रिहा भएकी छन् भने उनका पति एक लाख रुपैया धरौटीमा रिहा भएका हुन् । उनीहरुलाई जातीय भेदभाव, अ भ द्र ब्यवहार र लिखत सम्बन्धी मु द्दा परेको थियो ।

ज्वाला र उनका पतिलाई लिखत सम्बन्धी मु द्दा पनि लागेको हो । सोही अभियोगमा उनका श्रीमानले एक लाख रुपैया धरौटी तिर्नु परेको हो भने ज्वाला साधारण तारेखमै छुटेकी छन् । उनीहरुसंगै पक्राउ परेका अन्य दुई जना पनि साधारण तारेखमा छुटेका छन् । न्यायाधीश ओमप्रसाद अर्यालको एकल इजलासले चारै जनालाई धरौटीमा रिहा गर्न आदेश दिएको हो ।

जातीय भेदभाव गरेको अभियोगमा प्रहरीले ज्वाला संग्रौला, हिमाल प्रसाद उपायध्य, शर्मिला वाइबा र यम खड्कालाई पक्राउ गरेको थियो । उक्त मु द्दा मा चारै जना साधारण तारेखमा रिहा भएको सूचना अधकिारी शर्माले बताए ।

Related Articles

Back to top button