News

अदालतको फैसलामा ज्ञानेन्द्र शाहीको आपत्ति

हामी नेपाली हाम्रो नेपालका संयोजक ज्ञानेन्द्र शाहीले किन निर्वाचन गरेर अरबौ रुपैया खर्च गरि राज्यको ढुकुटी रित्याउनु भन्दै प्रश्न गरेका छन् । उनले अब उप्रान्त निर्बाचन नै नगरी दलका नेताहरुलाई यो यति बर्ष वा महिनाका निम्ति प्रधानमन्त्री हुने भनेर तोके भयो भनेका छन् ।

उनले सामाजिक सञ्जाल फेसबुकमा आज सर्बोच्च अदालतको निर्णय कतिलाई प्रत्याशित लाग्ला त कतिलाई अप्रत्याशित लागेको बताएका छन् । उनले राष्ट्र र राष्ट्रियताका निम्ति देशका जिम्मेवार स्थायि निकायहरू निष्पक्ष, स्वतन्त्र र बाहिरी प्रभावबाट अछुतो हुन आवश्यक रहेका बताएका छन् ।उनले सर्वोच्च अदालतको फैसला आएपछि के अब सरकार १ महिना ६ महिनामा या १ बर्षमा सरकार परिवर्तन गर्नु सच्चा लोकतन्त्र हो ? के सरकार बनाउन बिभिन्न बहानामा संसद किनबेच गर्नु या तदनुरूप वातावरण बनाउनु लोकतन्त्र हो ?

सन्दर्भ:- सर्बोच्चको निर्णय …………

आज सर्बोच्च अदालतको निर्णय आयो। कतिलाई प्रत्याशित लाग्ला त कतिलाई अप्रत्याशित। जे भए पनि  अदालतको निर्णय प्राविधिक रूपमा सबैले मान्नै पर्यो।

अब उप्रान्त निर्बाचन नै नगरी दलका नेताहरु लाई यो  यति बर्ष वा महिनाका  निम्ति प्रधानमन्त्री हुने भनेर तोके भयो! किन निर्वाचन गरेर अरबौ रुपैया खर्च गरि राज्यको ढुकुटी रिताउनु ?

सवाल के निर्णय आयो भन्दा पनि के परिणाम आयो भन्ने हो। हिजो लोकतन्त्र प्रजातन्त्रको दुहाई दिदै नेपाल र नेपालीको भाग्य परिवर्तनको सपना देखाएर सत्तारोहण गर्नेहरूको नियत छर्लङ्ग भएको छ। पाँच बर्षको स्थायि सरकारको दुहाई खोक्रो नारा साबित भएको छ। के अब सरकार १  महिना ६ महिनामा या १ बर्षमा सरकार  परिवर्तन गर्नु सच्चा लोकतन्त्र हो ? के सरकार बनाउन बिभिन्न बहानामा संसद किनबेच गर्नु या तदनुरूप वातावरण बनाउनु लोकतन्त्र हो ? यदि हो भने अद्य्यावधिक निर्वाचन किन र के का लागि ?  अब उप्रान्त निर्बाचन नै नगरी दलका नेताहरु लाई यो  यति बर्ष वा महिनाका  निम्ति प्रधानमन्त्री हुने भनेर तोके भयो! किन निर्वाचन गरेर अरबौ रुपैया खर्च गरि राज्यको ढुकुटी रिताउनु ?

राष्ट्र र राष्ट्रियताका निम्ति देशका जिम्मेवार स्थायि निकायहरू निष्पक्ष, स्वतन्त्र र बाहिरी प्रभावबाट अछुतो हुन आवश्यक छ। हाम्रो जस्तो भूराजनैतिक अवस्था भएको देशले अति संवेदनशील भएर सोच्न र गर्न आवश्यक छ।

लोकतन्त्रको नाममा हुने गरिने नेपाली नेताहरूको वालकृडाबाट देश दिनानु दिन अधोगति उन्मुख भएकोले नेपाली संस्कार, संस्कृति, परम्परा अनि परिवेश अनुसार नेपाल र नेपालीका हितमा परिवर्तन हुन आवश्यक छ भन्दै आएका हौं। नेपाली राजनीतिका यस्तै यस्तै कृयाकलाप र घटनाक्रमहरूले हाम्रो ठम्याई सही साबित हुदै आएको छ।

नेपाल र नेपालीको हितमा हुने भोलिको परिवर्तनको पवित्र यज्ञमा लामवद्ध हुन सम्पूर्ण आदरणीय नेपाली जनसमुदायमा हार्दिक अपिल गर्दछौ ।

धन्यवाद!

“यदि हो भने अद्य्यावधिक निर्वाचन किन र के का लागि ? अब उप्रान्त निर्बाचन नै नगरी दलका नेताहरु लाई यो यति बर्ष वा महिनाका निम्ति प्रधानमन्त्री हुने भनेर तोके भयो! किन निर्वाचन गरेर अरबौ रुपैया खर्च गरि राज्यको ढुकुटी रिताउनु ?” भन्दै प्रश्न गरेका छन् ।

“शाहीले फेसबुकमा ”नेपाल र नेपालीको हितमा हुने भोलिको परिवर्तनको पवित्र यज्ञमा लामवद्ध हुन सम्पूर्ण आदरणीय नेपाली जनसमुदायमा हार्दिक अपिल गर्दछौ ” भन्दै स्टाटस लेखेका छन् ।”

Related Articles

Back to top button