राजनिती

जाँदा जाँदै प्रधानमन्त्रीले देशवासीको नाममा सम्बोधन गर्ने

काठमाडौं । सर्वाेच्च अदालतको परमादेशपछि हट्न लागेका प्रधानमन्त्री केपी शर्मा ओलीले आज दिउँसो २ बजे देशवासीका नाममा विशेष सम्बोधन गर्ने भएका छन् । उनका प्रेस सल्लाहकार सूर्य थापाले सो जानकारी दिएका हुन् ।

सर्वोच्च अदालतले हिजो सोमबार संसद विघटन बदर गर्दै शेरबहादुर देउवालाई २८ घन्टाभित्र प्रधानमन्त्रीमा नियुक्त गर्न आदेश दिएपछि ओली प्रधानमन्त्रीबाट हट्दै छन् । त्यस्तै काठमाडौं । सर्वोच्च अदालतको परमादेश पछि राष्ट्रपति विद्यादेवी भण्डारीले आज कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा नियुक्त गर्ने हुनु भएको छ ।

देउवाले आजै शपथ ग्रहण गर्ने पनि तयारी भएको छ । हिजो सर्वोच्च अदालतले २८ घण्टाभित्र देउवालाई प्रधानमन्त्रीमा नियुक्त गर्न परमादेश दिएको थियो ।

राष्ट्रपति कार्यालयका अनुसार आज बेलुका ५ बजेसम्ममा देउवालाई प्रधानमन्त्रीमा नियुक्त गर्ने र शपथ गराउने तयारी भएको छ ।

Related Articles

Back to top button