राजनिती

प्रधानमन्त्री ओलीको पद जाने बित्तिकै वालकोट तिर आँखा, को बस्दैछ अहिले? कहिले हुन्छ खाली?

अन्तत प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो पद गुमाउनु पर्ने भएको छ । सर्बोच्च अदालतको पछिल्लो आदेशसँग ओली पदमुक्त हुन लागेका हुन् । उनी पदमुक्त भएपछि बालुवाटार प्रधानमन्त्री निवास पनि छोड्नु पर्ने हुन्छ । त्यसैले सबैको चासो बालकोटस्थित ओली निवासतिर छ ।

यसअघि पूर्वमन्त्री गोकुँल वास्कोटा बस्दै आएको प्रधानमन्त्री केपी शर्मा ओलीको वालकोट स्थित घर अहिले खाली भइसकेको छ । बाँस्कोटा आफ्नै निवासमा सरेका कारण ओली निवास खाली भएको हो । बाँस्कोटाको घर केही समय अघि विप्लव नेतृत्वको समुहले व म हा ने पछि उनी ओली निवासमा सरेका थिए ।

त्यो भन्दा अघि पनि संचारमन्त्री भएकै समयमा पनि बाँस्कोटालाई ओलीले आफ्नो निवासमा बस्न दिएका थिए । पुल्चोकस्थित मन्त्री निवास नबसी बालकोटस्थित ओली निवासमा बसेका थिए । मन्त्रीबाट राजीनामा दिएलगत्तै उनको निजी निवासमा विप्लव समूहले ब म बि स्फो ट गराएर क्ष ति पु¥याइ दिएको थियो । त्यसबेला बास्कोटाको एकतले पुरानो घरमा तल्ला थप्ने कार्य भइरहेको थियो ।

सर्वोच्च अदालतले संसद पुनस्थापनाको फैसला गरेपछि अब राष्ट्रपति विद्यादेवी भण्डारी प्रति पनि विपक्षी दल असहिष्णु हुनसक्ने आँकलनका बीचमा नेकपा माओवादी केन्द्र का अध्यक्ष प्रचण्डले त्यसवारे प्रतिकृया दिएका थिए । उनले प्रारम्भिक प्रतिकृया दिँदै हालैका दिनमा विवादमा तानिएकी राष्ट्रपति विद्यादेवी भण्डारीविरुद्ध महाभियोग लगाउने पक्षमा आफू नरहेको बताएका थिए ।

Related Articles

Back to top button