पशुपति शर्मा, सन्दिप न्यौपाने , सम्झना भण्डारी र शान्ती श्री परियारको तीज गीत सार्वजनिक (भिडियो)
काठमाडौं/ लोकप्रिय गायक पशुपति शर्माको नयाँ तीज गीत “सारीले ज्यान भयो भारी” डिजिटल बजारमा लिएर आएका छन् । उक्त गीतलाई सोमबार गित पृथ्वी ईनेटरटेन्टबाट बजारमाा ल्याएको हो । गितलाई शर्माले लय शब्द गरेका हुन् भने पशुपति शर्मा सन्दिप न्यौपाने सम्झना भण्डारी शान्ती श्री परियारको स्वर रहेको छ।
भिडियोमा पशुपति शर्मा सन्दिप न्यौपाने रिना थापा रुबिना अधिकारीको अभिनय रहेको छ। गितको भिडियोलाइ स्मृति तिमिल्सिनाले (गुरुआमा)निर्देशन गर्नुभएको छ।
पशुपति शर्मा र सम्झना भण्डारीको तीज गीत सार्वजनिक ( भिडियो सहित )
काठमाडौं / लोकप्रिय गायक पशुपति शर्मा र गायिका सम्झना भण्डारीले नयाँ तीज गीत लिएर आएका छन् । पशुपति शर्माले यसअघि पनि थुप्रै गीतमा गायिका सम्झना भण्डारीसँग सहकार्य गरेका छन् । माया प्रेमलाई विषय बनाई तयार पारिएको सो गीत सार्वजनिक भएको छोटो समयमानै निकै चर्चित बनेको छ ।
गीतलाई पशुपति शर्मा आफैले लय तथा शब्द सिर्जना गरेका छन् भने भिडियो सम्झना र पशुपति स्वयमलाई देख्न सकिन्छ । पशुपति शर्मा युट्युब च्यानलबाट सार्वजनिक गरिएको सो गीतमा दुर्गा पौडेलको निर्देशन रहेको छ ।
हरेक बर्षको तीजमा पशुपति शर्माको गीतले राम्रैै चर्चा कमाउन सफल भएका थिए , यसबर्ष कोरोना महामारी बिच छायांकन गरिएको यस गीतको भिडियोलाई पनि सफलताको शुभकामना । भिडियो हेर्नुहोस्