घरको तलैपिच्छे साँचो युवतीको शव कसरी घर बाहिर पुग्यो ? कुकुरले पनि अनुसन्धानमा देखायो यस्तो अचम्मको संकेत
काठमाडौ । झापाको बिर्तामोडमा सोमवार बिहान आफ्नै डेरा अगाडि युवती मृ त फेला परेको घटना रहस्यम देखिएको छ । बिर्तामोडस्थित पूर्वपश्चिम राजमार्गको सुगम पेट्रोल पम्प उत्तर बिर्तामोड–५ मा आफन्तसँग डेरा बस्दै आएकी २५ वर्षीया सृजना बस्नेतको शव अ र्ध न ग्न अवस्थामा फेला परेको हो ।
उनी आमा दाई भाउजुसंग भाडाको कोठामा बस्दै आएकी थिइन् । घरको चौथो तलामा बस्ने युवतीको शव कसरी कोठाकै तल ल्याइयो भन्ने आशंका प्रहरीलाई उब्जाएको छ । उनी बसेको प्रत्येक तलामा चावी लगाइएको छ भने घरको मुल गेटमा पनि भित्रवाट साँचो लागेको छ ।
तर युवतीको शव भने उनी बसेको कोठाको तल बाहिर अ र्ध न ग्न अवस्थामा फेला परेको हो । घटना निकै रहस्यम देखिएपछि प्रहरीले कुकुरको सहायतामा अनुसन्धान थालेको छ । अनुसन्धानका लागि झापा प्रहरीले कुकुर मगाएर अनुसन्धान थालेको हो । कुकुरसँगै चिकित्सकले समेत घटनास्थलको अध्ययन गरेका छन् ।
युवतीको रहस्यमय मृत्यूको घटना अनुसन्धानका लागि धरानबाट ल्याइएको तालिम प्राप्त कुकुरले अनुसन्धान समेत थालेको छ । सो कुकुर युवती बस्दै आएको घरभित्रै छिरेको छ ।
धरानबाट ल्याइएको तालिम प्राप्त कुकुरले शवमा सुँगेर घरभित्रै पसेपछि घटना थप रहस्यमय बनेको छ । प्रहरीलाई अनुसन्धानमा सहयताका लागि ल्याइएको कुकुर घर छिरेपछि अनुसन्धान अब घरभित्रै तर्फ मोडिएको छ । अनुसन्धानमा खटिएका एक प्रहरीले भने, कुकुर घरभित्र पसेपछि अनुसन्धान घरभित्रै थालिनेछ । परिवारका अनुसार उनी राती आफ्नो कोठामा सु ते की थिइन् । चार तले घरको माथिल्लो तलामा बस्ने ती युवतीको श रि र मा भित्रि कपडा मात्रै छ । तस्बिर: इजलास दैनिकवाट