News

लगातारको वर्षाका कारण डोटीमा तीन घर भत्किए

डाेटी – लगातारको वर्षाका कारण डोटीमा तीन वटा घर भत्किएका छन् । जिल्ला प्रहरी कार्यालय डोटीका सह–सूचना अधिकारी तथा प्रहरी निरीक्षक रवीन्द्र चन्दकाअनुसार सायल गाउँपालिका–१ कौराडी गैतोलाका ४० वर्षीय धौल्य दमाईको दुइ तले जस्ताले छाएको घर भत्किएको छ । उहाँको घरको तल्लो तला भत्किँदा गोठमा रहेका दुई वटा बाख्रा पुरिएर मरेका छन् ।

यसैगरी बडिकेदार गाउँपालिका–१ का धनबहादुर कलेलको दुई तले सिलेटले छाएको घर र दिपायल सिलगढी नगरपालिका–५ बागठाटाका  जोगी भुलको ढुङ्गा माटोले बनेको दुई तले  घर भत्किएको हो । घर भत्किँदा कम्तीमा पनि १५ लाख रुपैयाँ बराबरको नोक्सानी  भएको अनुमान गरिएको छ ।

दिउँसोको समय भएकाले यी दुई भत्किएका घरमा मानवीय क्षति नभएको प्रहरीले जनाएको छ । जिल्लामा केही दिनयतादेखिको वर्षाका कारण जोखिम बढेकाले सावधानी अपनाउन जिल्ला प्रशासन कार्यालयले  आग्रह गरेको छ । 

यो पनि : झापा, असार २८ – आज बिहानै झापाको बिर्तामोडमा अर्धन ग्न अवस्थामा एक युवतीको शव फेला परेको छ । बिर्तामोड नगरपालिका – ५ स्थित पूर्व – पश्चिम राजमार्गको सुगम पेट्रोल पम्म उत्तर २५ वर्षीय युवती सृजना वस्नेत अर्धनग्न अवस्थामा मृत फेला परेकी हुन् ।

सानिमाको घरमा स–परिवार बस्तै आएकी सृजना घरको आगनमा अर्धन ग्न अवस्थामा मृत भेटिएको इलाका प्रहरी कार्यालय अनारमनीले जनाएको छ । घटनाको विषयमा थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय अनारमनीका प्रहरी नायव उपरीक्षक सन्तोष आचार्यले जानकारी दिएका छन् ।

त्यस्तै अर्को एक युवतीको मृत्यु भएको छ । धनुषाको बटेश्वर गाउँपालिका वडा नम्बर २ स्थित भुचक्रपुर कहचरीटोल बस्ने २० वर्षीया रञ्जु महतोको शंकास्पद मृत्यु भएको हो । आइतबार साँझ आफ्नै घरमा मृत अवस्थामा नवविवाहिता अञ्जुको शव फेला परेको इलाका प्रहरी कार्यालय सखुवा महेन्द्रनगरका प्रहरी निरीक्षक तिलक सुनारले जानकारी दिए ।

उनले आइतबार साँझ ७ बजे ओछयानमै मृत अवस्थामा अञ्जुको शव फेला परेको गरेको जस्तो डाम देखिएको भन्दै मृत्यु शंकास्पद रहेको समेत बताए । प्रहरी निरीक्षक सुनारले पोस्टमार्टम रिपोर्टपछि मृत्युबारे स्पष्ट हुने बताए । अञ्जुको विवाह गएको फागुन २० गते समाजिक परम्परा अनुसार रामवृक्ष महतोसंग भएको थियो ।

अञ्जुको शवलाई सोमबार बिहान पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुर ल्याएको छ भने घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको धनुषा प्रहरीले जनाएको छ ।

फाइल फोटो

Related Articles

Back to top button