प्युठान । प्युठानमा आफ्नो दिदीको घरमा गएका भाईको निधन भएपछि गाउँमा शोक छाएको छ । उनीसंगै रहेका साथी पनि अस्पतालमा छन् । प्युठान जिल्लाको प्युठान नगरपालिका १० मा युवकको शव फेला परेको हो । उनका साथी पनि वे होस अवस्थामा फेला परेका हुन् । नरेन्द्र पुनको शव फेला परेको हो । सुरेश वस्नेतको शरिरमा पनि निकै चो ट देखिएको स्थानियले बताएका छन् ।
निधन भएका नरेन्द्रको शरिरमा पनि चो ट छ । कोटा र नेपाने गाउँबीच केही वर्ष देखि निकै ठूलो दुस्मनी थियो । गाउँलेहरुबीच बेलाबेलामा विवाद हुँदै आएको थियो । नरेन्द्र पुनको शव नजिकै सुरेश वस्नेतलाई पनि घाइते अवस्थामा राखिएको थियो । घटना निकै रहस्यम भन्दै स्थानिय बासीन्दाले निष्पक्ष छानविनको माग गरेका छन् ।
गाउँलेबीचको दुस्मनीका कारण घटना भएका कारण त्यो विषयमा पनि छानविन हुनुपर्ने उनीहरुको भनाई छ । यस्तो घटना भएपछि दुई गाउँबीच थप दुस्मनी बढेको भन्दै स्थानियहरु आफुहरु पनि असुरक्षित भएको भन्दै सुरक्षाको माग गरेका छन् ।
सिमानामै शव फेला पर्दा पनि न्यौपाने गाउँका कसैले पनि आवाज नउठाएको भन्दै उनीहरुले आशंका गरेका छन् । घटना गराउने त्यही गाउँका भएको पनि स्थानियको भनाई छ ।