फेरि बढ्यो विदेशी मुद्राको भाउ : कुन देशको कति हेर्नुहोस् ।
काठमाडौं । सोमबार अमेरिकी डलरसहित अन्य केही द्शको विनिमयदर स्थिर रहेको छ भने युरो, युके पाउण्ड र कतारी रियाल लगायतको विनिमयदर बढेको छ । आज नेपाल राष्ट्र बैंकले तोकेको विनिमयदर अनुसार एक अमेरिकी डलरको खरिददर १ सय १९ रुपैयाँ १३ पैसा तोकिएको छ भने बिक्रिदर १ सय १९ रुपैयाँ ७३ पैसा तोकिएको छ ।
एक युरोको खरिददर १ सय ४१ रुपैयाँ ४७ पैसा रहेको छ भने बिक्रीदर १ सय ४२ रुपैयाँ १८ पैसा रहेको छ । एक साउदी रियालको खरिददर ३१ रुपैयाँ ७६ पैसा तोकिएको छ भने बिक्रिदर ३१ रुपैयाँ ९२ पैसा तोकिएको छ ।
त्यस्तै जापानी यनको खरिददर १० रुपैयाँ ८१ पैसा तोकिएको छ भने बिक्रिदर १० रुपैया ८७पैसा तोकिएको छ । यस्तै एक अस्ट्रेलियन डलरको खरिददर ८९ रुपैयाँ १८ पैसा रहेको छ भने बिक्रीदर ८९ रुपैयाँ ६३ पैसा रहेको छ ।
त्यस्तै कोरियन वन एक सयको खरिददर १० रुपैयाँ ४० पैसा तोकिएको छ भने बिक्रीदर १० रुपैयाँ ४५ पैसा तोकिएको छ । एक युके पाउण्ड स्ट्रलिङको खरिददर १ सय ६५ रुपैयाँ ६२ पैसा तोकिएको छ भने बिक्रिदर १ सय ६६ रुपैयाँ ४५ पैसा तोकिएको छ।
एक मलेसिया रिंगिटको खरिददर २८ रुपैयाँ ४३ पैसा तोकिएको छ भने बिक्रिदर २८ रुपैयाँ ५७ पैसा तोकिएको छ । एक कुवेती दिनारको खरिददर ३ सय ९६ रुपैयाँ ३१ पैसा तोकिएको छ भने बिक्रिदर ३ सय ९८ रुपैयाँ ३०पैसा तोकिएको छ।
एक बहराइन दिनारको खरिददर ३ सय १५ रुपैयाँ ९९ पैसा तोकिएको छ भने बिक्रिदर ३ सय १७ रुपैयाँ ५८ पैसा तोकिएको छ। एक कतारी रियालको खरिददर ३२ रुपैयाँ ७१ पैसा तोकिएको छ भने बिक्रिदर ३२ रुपैयाँ ८८ पैसा तोकिएको छ ।