News

साउनको दुई गतेपछि पुनः निषेधाज्ञा !

काठमाडौं । आउने साउन दुई गतेदेखि पुनः निषेधाज्ञा हुन्छ ? यो प्रश्नले सार्वजनिक यातायातमा चर्चा पाइरहन्छ। सर्वसाधारण जम्मा भएको ठाउँमा पनि यो प्रश्नले स्थान पाउँछ। सरकारले कर उठाउनैका लागि मात्र खोलेको हो भन्ने आरोप पनि लाग्ने गरेको छ।

कोरोना रोकथाम तथा नियत्रण गर्न बनेको विधेयक २०७८ ले डिसीसीएमसीलाई कोरोना नियन्त्रणको जिम्मेवारी दिएको छ। काठमाडौं उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले २०७८ को बैशाख १६ गतेदेखि लगाएको निषेधाज्ञा असारको दोश्रो साताबाट स्माट्र निषेधाज्ञा हुँदै खुल्ने क्रममा छ।

शनिबार पनि बैंकहरु खुल्ला भएपछि पनि कर उठाउनकै लागि पनि निषेधाज्ञा खुलेको आरोपलाई अझ मजबुद् बनाएको छ। सार्वजनिक स्थान र यातायातमा हुने छलफलका बारेमा ललितपुर जिल्लाका प्रमुख जिल्ला अधिकारी ढुण्डीप्रसाद निरौला कोरोनाको संक्रमणदर बढेपछि निषेधाज्ञामा जान सकिने तर्फ संकेत गर्छन्।

प्रजिअ निरौलाले भने, ‘कोरोना संक्रमण दर बढ्दै गएपछि निषेधाज्ञा हुन सक्छ। हालसम्म प्रशासनले यस विषयमा छलफल गरेको छैन। हामी असारको ३०/३१ गते बसेर यस विषयमा छलफल गर्छौं।’

साउनपछि निषेधाज्ञा भएपछि कर उठाउनकै लागि खोलिएको भन्ने संजोगमात्र हुने उनको भनाइ छ। उनले भने, ‘रोग बढेपछि निषेधाज्ञाको विकल्प हुँदैन। तर, असारमा कर उठाउनकै लागि मात्र खोलिएको भन्ने गलत हो। कोरोना संक्रमणदर घटेका कारण हामीले खोलेका थियौं। बढेपछि बन्द गर्नु पर्ने हुनसक्छ। यदि यस्तो भयो भने त्यो संजोगमात्र हुन्छ।’

Related Articles

Back to top button