महोत्तरीको लोहरपट्टी नगरपालिका ७ भ्रमरपुराकी २६ वर्षीया सुजिता ठाकुरको ला’स भेटाएको छ ।आफ्नै पेट्रोल पम्पको छेउमा रहेको ट्वाइलेटको हदबाट सुजिताको श’व बरामद भएको प्रहरीले जनाएको छ । आईतबार विहान प्रहरीले बे’पत्ता भएको एक महिनापछि सुजिताको श’व फेला पार्न सफल भएको हो ।
अहिले श’व फेला परेको स्थानदेखि करिब एक किलोमिटरको दुरीमा रहेको खेतमा असार १३ गते अगाडी उत्खनन गर्दा सुजिताको शरिरका केहि अवशेष फेला फरेको थियो ।सोहि दिन सुजिताको ह’त्या आरोपमा देवर रूपेश ठाकुर र श्रीमान मुकेश ठाकुरलाई प्रहरीले प’क्राउ गरेको थियो । उनी दुबैजना प्रहरी हि’रासतमै रहेको र उनीहरु सहित ६ जनाको संलग्नता देखिएको बताइएको छ ।
यस अघि महोत्तरी जिल्ला भमरपुरा गाउँमा सुजिता ठाकुरको हत्या जेठ २० गते भएको थियो । सुजिताको ह’त्या बारे उनकै ५ बर्षीय छोराले खुलाए पछी माइतीपक्षको दवावमा प्रहरीले खोज त”लास शुरु गरेका थिए ।त्यही दिन महोत्तरी प्रहरीले सुजिताको श्रीमान र देवर लाई प’क्राउ गरेको थियो । बाँकी रहेका सुजिताकी सासू ,ससुरा पतिराम र देवरानी रोमा भने अहिले पनि फ’रार रहेका छन । उनीहरु भारतको विहारमा लुकेर बसेको हुनसक्ने अ’शंका गरिएको छ ।