HealthNews

ह’त्या हुनुअघि सुजिताले फोनमा भनेकी थिइन्ः कस्तो घरमा विवाह गराइदिएको ?

काठमाडौ । महोत्तरीको लोहारपट्टी नगरपालिका ७ भ्रमरपुरा घर भएकी सुजिता ठाकुरलाई उनका श्रीमानको घरका परिवारले अर्कै केटासंग भागेको हल्ला चलाए । घटना भएको दिन सुजिताले आफ्ना बुवालाई फोन गरेर रुँदै मलाई यस्तो घरमा किन विवाह गरेर दिएको भनिन् । उनले बुवालाई फोन गर्दा पछाडी अरु मान्छे ठूलो स्वरमा बोलेको आवाज पनि सुनिन्थ्यो ।

झ ग डा भएकै बेला उनले बुवालाई फोन गरेकी थिइन् । त्यती नै बेला उनका देवरले पनि सुजिताको वुवालाई फोन गरेर तुरुन्त यहाँ आएर आफ्नी छोरी लैजानु भनेका थिए । तर आधा घण्टा पछि उनै देवरले यहाँ कुरा मिलिसक्यो आउन पर्दैन भने । छिनछिनमा कुरा फेरीएपछि सुजिताको माइतीलाई शंका लाग्यो । विहानै छोरीको घरमा पुगे । तर उनका श्रीमान र परिवारका सदस्यले सुजिता अर्कै केटासंग भागेको भने ।

उनी गत जेठ महिनाको १९ गतेदेखि हराएकी थिइन् । तर २६ वर्षीया सुजिता ठाकुरको निधन भइसकेको प्रमाण असार १३ गते फेला परेको थियो । कपाल, तन्ना लगायतका केही सामान आफ्नै खेतमा गा डे को अवस्थामा फेला परेको थियो ।

माइती पक्षले भने सुजिताको शव देवर रुपेश ठाकुर, देवरानी रोमा ठाकुर, ससूरा पतिराम ठाकुर सहित परिवारजनले लुकाएको आरोप लगाउँदै आएका थिए । सुजिताका सुजिताका दाजु शिवम पाण्डलेले भने, ‘एक–डेढ वर्ष पहिले पनि यस्तै बहिनीलाई सि ध्या इ दिने चेतावनी दिएका थिए । प्रहरी कार्यालयमा गएर मिलापत्र गरेर आएको हो । मेरो बहिनीलाई उनको देवर रुपेश ठाकुरले तकिया मु खमा कोचेर मा र्न खोजेको थियो ।

शिवम पाण्डेले भने ुजेठ महिनाको १९ गते सुजिताको देवरले फोन गरेर सुजिताले झ ग डा गरेको छ तपाईँहरु आउनुस् लिएर लैजानुस् भने । फेरि एकैछिनमा फोन गरेर आउनु पर्दैन, सबै कुरा मिलिसक्यो भने । पछि २१ गते बहिनीको ससूराली भ्रमरापुर गएर बुझ्दा तपाईँको छोरी बहिनी अर्कैसँग गैसक्यो भनेर हामीलाई भनियो, हामीलाई विश्वास लागेन ।

बहिनीको कोठामा लगाइएको ताला फोडेर हामीले हेर्‍यौँ, त्यहाँ सामानहरु लत्ताकपडा, गरहना सबै छँदैथियो, तर बहिनी भागिन् भनेर भन्दा हामीमा अझ शंका पस्यो, तर हामीसँग खोज्ने बाहेक अन्य कुनै विकल्प पनि थिएन।

उनको जेठ २० गते नै ज्यान लिइएको अनुसन्धानवाट खुलेको भएपनि शव फेला परेको थिएन । सुजिताको शव ससुरा पतिरामकै खेतमा निर्माणाधीन ट्वाइलेटको टङ्कीमा फेला परेको प्रहरीले जनाएको छ । सडि सकेको अवस्थामा शव फेला परेको महोत्तरीका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रकाश विष्टले जानकारी दिए ।

गएको जेठ १३ गते खेतमा गहिरो खाल्डो भित्र कपाल, नुन, तन्ना र डो री फेला पारेको थियो । शव फेला नपरेपछि खोजी गरिएको थियो । सोमवार शौचालयको सेफ्टी ट्यांकीमा सुजिताको शव फेला परेको छ । स डे को अवस्थामा फेला परेको शव सुजिताको माइतीपक्षले पहिचान गरेका छन् । अहिले शव पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुर पठाइएको छ ।

महोत्तरी प्रहरीले सुजिताका श्रीमान र देवरलाई पक्राउ गरेको छ । सासू, ससुरा पतिराम र देवरानी रोमा फ रा र छन् । उनीहरुको पनि खोजी भइरहेको प्रहरीले जनाएको छ ।

Related Articles

Back to top button