News

कतार जानेहरुको लागि जरुरी सुचना ( पढ्नुहोस् )

काठमाण्डौ / तपाईँ कतार जाँदै हुनुहुन्छ ? यदि जाँदै हुनुहुन्छ भने कोरोना महामारीको समयमा कतार सरकारले आफ्नो देश प्रवेश गर्ने यात्रुका लागि जारी गरेको यी नियमबारे अनिवार्य रूपमा थाहा पाउनुहोस् । किनकि यो समयमा कतार सरकारले तोकेका यात्राका नियमहरू पालना नगरी कतार प्रवेश गर्न पाइने छैन । कतारले यसअघि जारी गरेको नियममा थप संशोधन समेत गरेका छ ।

यी हुन् कतारले यात्रुका लागि जारी गरेका नियम

– नेपालबाट कतार जाने हरेक यात्रुको साथमा तोकिएको स्वास्थ्य संस्थाबाट जारी भएको ७२ घण्टाभित्रको कोभिड १९ पीसीआर नेगेटिभ रिपोर्ट हुनुपर्छ ।

– यात्रा गर्नुभन्दा कम्तीमा १२ घण्टाअघि अनिवार्य रूपमा एहतराज वेबसाइट www.ehteraz.gov.qa मा अनलाइनबाट प्री रजिस्ट्रेशन गरेर आवश्यक कागजात अपलोड गरेपछि प्राप्त हुने Travel Authorization प्रिन्ट गरी साथमा लिएर मात्र यात्रा गर्न पर्छ । यो प्रक्रिया नगरी यात्रा गर्न पाइँदैन ।

– कतारमा दुवै मात्रा खोप लगाई खोपको प्रमाणपत्र प्राप्त गरेका यात्रुहरूले क्वरेण्टीनमा बस्नु नपर्ने ।  कतारले अक्सफोर्ड अस्ट्राजेनेका र जोन्सन एण्ड जोन्सन खोपको मात्रा पूरा गरी प्रमाणपत्र प्राप्त गरेका यात्रुले समेत क्वरेण्टीनमा बस्न नपर्ने ।

– खोपको मात्र पूरा नगरेका वा खोप नलगाएका यात्रुका हकमा अनिवार्य रूपमा discover Qatar वेबसाइटबाट बुकिङ गरी १० दिन होटल क्वरेण्टीन वा १४ दिनको मेखाइनिस क्वरेण्टीन बस्न पर्ने ।

–साथै खोपको मात्र पूरा गरी प्रमाणपत्र प्राप्त गरेका व्यक्तिका लागि पारिवारिक भ्रमण, व्यवसाय तथा पर्यटक

Related Articles

Back to top button