EntertainmentVideo

रातारात भाइरल बन्यो चेतन बोहराको “चम्पा”(भिडियो)

पछिल्लो समयमा म्युजिक भिडियोहरु निरन्तर रुपमा बजारमा आइरहेका छन् । दिनहुँ जस्तो नयाँ मोडेल र कलाकारहरु जन्मिरहेका छन । मोडलिङको रहर अवसरको खोजीमा धेरै रहेको पाइन्छ । रहर सबैको हुन्छ मोडलिङमा रम्ने तर पनि मोडलिङमा भविष्य बनाउने सिमित हुन्छन त्यसमा एक प्रतिनिधि बनेकी छिन् बझाङ घर भई काठमाण्डौँमा बस्दै आएकी रेश्मा बिष्ट । काठमाण्डौँमा अध्ययनसँगै मोडलिङ गर्दै रेश्मा बिष्ट आफु रहरले नभएर भविष्य बनाउने लक्ष्यका साथ नै मोडलिङमा लागेको बताउँछिन् । रेश्मा बिष्ट पछिल्लो समय टिकटकमा पनि निकै रोमान्टिक भिडियो पोष्ट गर्दै आएकी छन् । बिष्टलाई टिकटकमा निकै रुचाईएक छन् । चेतन बोहरा र रेश्मा बिष्ट अभिनित म्युजिक भिडियो सार्वजनिक भएको छ ।

यसै सन्दर्भमा रेश्मा बिष्टले लोकप्रिय गायक चेतन बोहोराको स्वरमा रहेको गित“चम्पा”बोलको गितमा डेब्यु गरेकी छन । चेतन बोहोराको स्वर रहेको गितमा नेपाली गित संगीतलाई केहि नयाँरुप दिनको लागि अर्थात नेपालि देउडा सस्कृतिलाई जिबन्त राख्नको लागि निरन्तर लागेका लोकप्रिय सर्जक झलक भट्टको शब्द,संगित रहेको गीतको एरेन्ज भने ओम सुनारले गरेका छन् । झलक भट्टको एक पछी अर्को गित यतिबेला लोकप्रिय बनिरहेका छन् । केहि समय अगाडी मात्र सार्वजनिक भएको “कर्णाली तुरुक्क,र प्रदेशी भुली गइ गित पनि उत्तिकै लोकप्रिय बनेको छ ।

म्युजिक भिडियोमा देबेन्द्र कुँवरको कोरियोग्राफी,राज पोखरेलको छायांकन गरेका छन, भने म्युजिक भिडियोलाई टेकेन्द्र शाहले निर्देशन गरेका हुन् भने टेकेन्द्र शाहले नै सम्पादन गर्ने भएका छन् । म्युजिक भिडियोमा गायक चेतन बोहोरा र रेश्मा बिष्टको मुख्या अभिनयमा लोकप्रिय गायिका कल्पना सुनार र दिया गिरीको अभिनय रहेको छ । चेतन बोहराले स्वर भरेका धेरै गित नेपाली सांगीतिक बजारमा आईरहेका छन् भने कतिपय आउने तयारीमा रहेका छन् । रेश्मा बिष्टको डेब्यु गितका लागि रेश्मा बिष्टका सुभचिन्तक सबै सहपाठीहरुले सफलताको शुभकामना दिएका छ्न । म्युजिक भिडियो चेतन बोहोराको अफिसियल युतुब च्यानलबाट सार्वजनिक भएको छ ।हेरौ भिडियो

Related Articles

Back to top button