News

घट्यो विदेशी मुद्राको भाउ : कुन देशको कतिमा झर्‍यो ? हेर्नुहोस्

काठमाडौं । आइतबार अमेरिकी डलरसहित अन्य सबै देशको विनिमयदर केही घटबढ भएको छ । आज नेपाल राष्ट्र बैंकले तोकेको विनिमयदर अनुसार एक अमेरिकी डलरको खरिददर १ सय १९ रुपैयाँ १३ पैसा तोकिएको छ भने बिक्रिदर १ सय १९ रुपैयाँ ७३ पैसा तोकिएको छ ।

एक युरोको खरिददर १ सय ४१ रुपैयाँ २५ पैसा रहेको छ भने बिक्रीदर १ सय ४१ रुपैयाँ ९६ पैसा रहेको छ । एक साउदी रियालको खरिददर ३१ रुपैयाँ ७६ पैसा तोकिएको छ भने बिक्रिदर ३१ रुपैयाँ ९२ पैसा तोकिएको छ ।

त्यस्तै जापानी यनको खरिददर १० रुपैयाँ ८३ पैसा तोकिएको छ भने बिक्रिदर १० रुपैया ८८ पैसा तोकिएको छ । यस्तै एक अस्ट्रेलियन डलरको खरिददर ८८ रुपैयाँ ८८ पैसा रहेको छ भने बिक्रीदर ८९ रुपैयाँ ३२ पैसा रहेको छ ।

त्यस्तै कोरियन वन एक सयको खरिददर १० रुपैयाँ ३९ पैसा तोकिएको छ भने बिक्रीदर १० रुपैयाँ ४५ पैसा तोकिएको छ । एक युके पाउण्ड स्ट्रलिङको खरिददर १ सय ६४ रुपैयाँ ३९ पैसा तोकिएको छ भने बिक्रिदर १ सय ६५ रुपैयाँ २२ पैसा तोकिएको छ।

एक मलेसिया रिंगिटको खरिददर २८ रुपैयाँ ४३ पैसा तोकिएको छ भने बिक्रिदर २८ रुपैयाँ ५७ पैसा तोकिएको छ । एक कुवेती दिनारको खरिददर ३ सय ९५ रुपैयाँ ६८ पैसा तोकिएको छ भने बिक्रिदर ३ सय ९७ रुपैयाँ ६७ पैसा तोकिएको छ।

एक बहराइन दिनारको खरिददर ३ सय १५ रुपैयाँ ९९ पैसा तोकिएको छ भने बिक्रिदर ३ सय १७ रुपैयाँ ५९ पैसा तोकिएको छ। एक कतारी रियालको खरिददर ३२ रुपैयाँ २० पैसा तोकिएको छ भने बिक्रिदर ३२ रुपैयाँ ३६ पैसा तोकिएको छ ।

Related Articles

Back to top button