बहुविवाह मुद्धामा फरार अनिता १० महिनापछि पक्राउ
जाजरकोट / बहुविवाह मुद्धामा फरार अभियुक्त पक्राउ परेकी छन्। १० महिना अघि जिल्ला अदालतबाट सजाय सुनाइएकी भेरी नगरपालिका- २ रिसाङ्ग बस्ने अनिता शाह विकलाई प्रहरीले पक्राउ गरेको हो।
गत वर्ष भदौ ९ गते जिल्ला अदालतबाट एक वर्ष ५ महिना १२ दिन सजाय र २० हजार जरिवाना तोकिएको थियो। तर उनी फरार हुँदै आएकोमा घरमै बसिरहेको अवस्थामा प्रहरीले उनलाई पक्राउ गरेको हो। उनका श्रीमान चन्द्र बहादुर विक गत वर्ष नै पक्राउ परिसकेका थिए।
उनलाई अढाइ वर्षको जेल सजाय तोकिएको छ। दुवै जनालाई सँगै पक्राउ गरिएको भएपनि अनिता धरौटीमा छुटेकी थिइन्।
अन्य समाचार
काठमाडौँ । कोभिड-१९ महामारीका बीच पनि साउदी अरवमा नेपाली कामदारको माग बढेको छ । कोभिड -१९ महामारीका बीच पनि साउदीमा रोजगारदाताको प्राथमिकतामा नेपाली कामदार परेकोले माग बढ्दै गएको साउदीका लागि श्रम काउन्शिलर जीवन राइले बताए ।
वैदेशिक रोजगार पत्रकार समाजले आयोजना गरेको एक कार्यक्रममा बोल्दै राईले भने, ‘हालसम्म ३६ सय फाइलबाट ३५ हजार नेपाली ल्याउनका लागि मागपत्र प्रमाणीकरण भएको छ, रोजगारदाताले नेपाली कामदारमा लिन इच्छुक रहेकोले पनि नेपालीको माग उच्च छ।’
साउदीमा दक्ष कामदारको माग बढेको र हालै २१ हजार रियाल मासिक करीब सात लाखसम्म तलव पाउने कम्प्युटर प्रोग्रामरको माग पनि आएको भन्दै राईले भविष्यमा अदक्षभन्दा दक्ष र प्राविधिकरुपमा दक्ष कामदारको मागबढ्न सक्ने आँकलन गरिएको बताए ।
हाल साउदीमा माग भएका कामदारमा ‘लेबर कोटा’ बढी रहेको उनले बताए । भविष्यमा सीपयुक्त र दक्ष कामदार आपूर्ति गर्न सकिएमा श्रमिक सम्बन्धि समस्या कम आउने साथै रेमिटेन्स वृद्धि गर्नमा पनि मद्दत मिल्ने उनको भनाई छ ।
साउदी जान चाहने नेपालीले त्यहाँको सरकारले तोकेको होटलमा क्वारेन्टाइनमा ७ दिन बस्नुपर्ने बाध्यता छ । साउदी जानेहरुको लागि सयभन्दा बढी संस्थागत क्वारेन्टाइन तोकिएको साथै खर्च रोजगारदाताले व्यहोर्नुपर्ने व्यवस्था रहेको उनले बताए ।
सरकारले नियमित हवाई उडान शुरु नगरेको समयमा साउदीमा रोकिएका २५ जना कामदारको शव नेपाल पठाउन सकिएको छैन उनले भने ‘वाइडबढी जहाज आएमा २ वटा फ्लाइटमा सबै शव पठाउन सकिने थियो तर न्यारोबढीको जहाजले मात्र साउदीको उडान भरेको हुनाले एउटा फ्लाइटमा बढीमा २ वटा शव पठाउन सकिएको छ ।’