राष्ट्रिय आविष्कार केन्द्रले नेपालमै विद्युतीय बस बनाउने ( हेर्नुहोस् )
काठमाडौं : अब विद्युतीय बसनेपालमै बन्ने भएका छन् । राष्ट्रिय आविष्कार केन्द्रले नेपालमै विद्युतीय बसको अनु सन्धान र विकास गर्ने भएको हो।आविष्कार केन्द्र का संस्थापक तथा अध्यक्ष महाबिर पुनले सुपर क्यापासिटर विद्युतीय बसको अनुसन्धान र विकासका लागि इच्छुक तथा आइडिया भएकाहरुलाई आह्वान गरेका हुन् ।
पुनका अनुसार सुमन कोइराला नेतृत्वको टिमले यसका लागि काम गर्नेछ । विकसित मुलुकहरुमा सहरी क्षेत्रमा चल्ने छोटोदुरीका बसहरुमा सुपर क्यापासिटर प्रयोग हुने गरेको छ । यस्ता बसहरु एक पटक चार्ज गर्दा २० किलो मिटरसम्म चल्न सक्छन् ।जसलाई चार्ज गर्न केवल १० सेकेन्ड मात्र लाग्छ ।
तर अन्य ब्याट्रीबाट चल्ने बसहरु चार्ज गर्न ८ देखि १० घण्टा लाग्ने गरेको छसुपर क्यापासिटर लाखौं पटक चार्ज र डिशचार्ज गर्न सकिन्छ। तर साधारण ब्याट्री भने करिब एक हजार पटकसम्म मात्र चार्ज तथा डिस्चार्ज गर्न सकि न्छ।
१० देखि १५ वर्षसम्म सहजै प्रयोग गर्न सकिने यस्ता बसहरुको सुपर क्यापासिटरकोब्याट्री समेत तुलनात्मक रुपमा सस्तो हुने गर्दछ । अनुसन्धान र विकास सफल भएको खण्डमा नेपालमै यस्ता सुपर क्यापासिटरबाट चल्ने गाडी बनाइने महाबिर पुनले बताएका छन् ।