Sport
तस्बिरमा हेर्नुहोस् अर्जेन्टिना र ब्राजिलको भिडन्त
कोपा अमेरिका फुटबलको उपाधिका लागि अहिले अर्जेन्टिना र ब्राजिलबीच प्रतिस्पर्धा भइरहेको छ। जारी फाइनल खेलको पहिलो हाफमा अर्जेन्टिनाले ब्राजिलविरुद्ध एक गोल हानेको छ।
अर्जेन्टिनाका लागि एन्जल डिमारियाले खेलको २२औं मिनेटमा गोल गरेका हुन्। नेपाली समयअनुसार ब्राजिलमा खेल अहिले बिहान ५:४५ बजेदेखि भइरहेको हो। अहिले दोस्रो हाफको खेल सुरु भएको छ।
लेटिन अमेरिकाको सबैभन्दा ठूलो फुटबल प्रतियागिता कोपा अमेरिकाको उपाधिका लागि अहिले ब्राजिल र अर्जेन्टिना भिडिरहेका छन् ।अहिले अर्जेन्टिनाले ब्राजिललाई एक गोल हानेको छ । एन्जेल डि मारियाले ब्राजिलविरुद्ध एक गोल गरेका हुन् ।